• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बालेन-सुधनको अर्को निशाना उपेन्द्र र बादल

"बालेन-सुधनको अर्को निशाना उपेन्द्र र बादल "

  •    अभियान हाम्रो डट कम / शनिबार, चैत १४, २०८२  

  • भुटानी शरणार्थी काण्डमा एमाले उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा बादल र रौतहटमा १८ बर्षअगाडि माओवादीसङ्ग भिड्दा २७ जना मारिनुका साथै ५३ जना घाइते बनाइएको पुरानो प्रकरणमा जसपा अध्यक्ष उपेन्द्र यादव समातिने सम्भावना टड्कारो देखिएको छ ।

    गौरीबहादुर कार्की आयोगको छानबिन प्रतिवेदनका आधारमा आज बिहान एमाले र काङ्ग्रेसका दुई ठूला नेता समातेर हौसिएको बालेन-सुदन प्रशासनले भुटानी र गौर हत्याकाण्डलाई प्राथमिकतामा राखेर कार्वाही अघि बढाउन लागेको हो । यसनिम्ति गृहमन्त्री सुधन गुरुङ्गले आज शनिवार बिदाको दिनसमेत मन्त्रालयमा बसेर फाइल मगाएको बिश्वस्त श्रोतले बतायो ।

    गृहमन्त्री सुधन गुरुङगले आज शनिबार बिदाको दिनसमेत मन्त्रालयमा बसेर फाइल मगाएको बिश्वस्त श्रोतले बतायो ।भुटानी काण्डमा सँलग्नताको अभियोगअन्तर्गत पूर्वमन्त्री तथा तत्कालीन एमाले सचिव टोपबहादुर रायमाझी ३ बर्षदेखि डिल्लीबजार कारागारमा छन् भने बादलका छोरा प्रतीक,उनका सल्लाहकार इन्द्रजीत राई, पूर्व गृहसचिव टेकनारायण पाण्डे, शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल,सानु भण्डारी,सागर राई र सन्देश शर्मा पनि सुन्धाराको जेलमा पुर्पक्षका निम्ति थुनिएका छन् । उनीहरूलाई २०८१ बैशाख १३ गते सर्वोच्च अदालले समेत मुद्दाको अन्तिम किनारा नलाग्दासम्म थुनामुक्त नगर्न भनेको थियो । भदौ २४ गतेको ध्वँशका क्रममा जेलबाट निस्किएका उनीहरू पछि आफै हाजिर हुन गएका थिए ।

    उता २०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको हत्याकाण्डमा मुछिएका हाल जनता समाजवादी पार्टी (जसपा) नेपाल तथा तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई पनि समात्ने तयारी शुरु भएको बुझिएको छ । १० बर्ष लामो जनयुद्धबाट भर्खर शान्ति प्रक्रियामा आएको तत्कालीन नेकपा (माओवादी) र फोरमको कार्यक्रम एकै ठाउँमा जुध्दा उत्पन्न झडप र हिंसामा लाठी,भाटा, खुकुरी आदिबाट निर्मम प्रहार भएर २७ जना मारिएका र दर्जनौं घाइते भएका थिए ।

    जेनजी आन्दोलनको मुखैमा गत भदौ २ गते सर्वोच्चले यसउपर अनुसन्धान अघि बढाउन परमादेश जारी गरिसकेको छ ।(याे समाचार जनआस्थामा प्रकाशित गरिएको छ)

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.