सरकारले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ गरेपछि उक्त घटनामा संलग्न तत्कालीन गृह प्रशासन तथा सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरूलाई समेत अभिलम्ब पक्राउ गरी निष्पक्ष छानबिन तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेको छ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘जेनजी आन्दोलनका दमनकारीलाई बचाउने कुनै पनि प्रकारको षड्यन्त्र कहीँ कतैबाट नहोस् भन्ने कुरामा हामी सचेत गराउन चाहन्छौँ। यदि यस्ता प्रयासहरू भएमा देशैभरि युवाहरू थप सशक्त र कठोर सङ्घर्षमा उत्रिन बाध्य हुनेछन्।’
देशमा विधिको शासन कायम राख्दै शान्ति सुव्यवस्था सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व रहेको भन्दै वर्तमान परिस्थितिमा अराजकताको अन्त्य गर्दै नागरिकहरूको सुरक्षा र अधिकारको प्रत्याभूति गर्न सरकार अझ संवेदनशील, जिम्मेवार र प्रतिबद्ध बन्नुपर्ने आवश्यकता रहेको उल्लेख छ।








