गएराति भएको दुर्घटनामा आदर्श गाउँपालिका–३ काँडी स्याउलेका करिब २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार गिरिचौकाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ३९२३ नम्बरको बोलेरो जीप घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब ९ सय मिटर तल सायली गाडमा खसेको थियो। दुर्घटना राति करिब १२:३० बजे भएको हो। दुर्घटनामा परेका रोकाया जीप चालक हुन्।








