• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, चैत १९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रवि लामिछानेले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा भेटवार्ता

"रवि लामिछानेले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा भेटवार्ता  "

  •    अभियान हाम्रो डट कम / आइतबार, चैत ०८, २०८२  

  •      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा   भेटवार्ता गरेका छन् ।सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्णरुपमा निकास भएको भन्दै बधाई ज्ञापन पनि गरे ।

    सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई र धन्यवाद दिन चाहन्छु,’ लामिछानेले भने ।

    उनले प्रधानमन्त्री कार्कीको प्रशसां गर्दै मुलुकले सधैं सम्झिरहने पनि बताए । साथै, आगामी दिनमा निरन्तर मार्गदर्शन र अभिभावकीय भूमिकाको पनि अपेक्षा राखेको लामिछानेले प्रधानमनत्री कार्कीसमक्ष बताए ।

    ‘यहाँको चट्टानी अडान र दृढताकै कारण मुलुकले निकास पायो । विगतका कुनै पनि निर्वाचनभन्दा शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय निर्वाचन सम्भव भएको छ । सानो टिम र छोटो समयमा विश्वलाई नै चकित पार्ने गरी निर्वाचनमार्फत मुलुकलाई लोकतान्त्रिक निकास र सुरक्षित अवतरण गर्न तपाईँ सफल हुनुभएको छ । यसका लागि तपाईँप्रति हाम्रो उच्च सम्मान छ,’ लामिछानेको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘तपाईँको यो योगदान मुलुकले सधैँ सम्झिनेछ। हामी पनि सम्झिइरहनेछौं । आगामी दिनमा पनि यहाँको निरन्तर मार्गदर्शन र अभिभावकीय भूमिकाको अपेक्षा राखेका छौँ। तपाईँको अनुभव र मार्गदर्शन देशलाई र हाम्रो सरकारलाई अझै आवश्यक पर्नेछ ।’

    प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर देशवासीलाई निराश हुने ठाउँ नराखीकन काम गर्न सुझाव दिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सर्लाहीमा एकैठाउँ झुन्डिएर दिदीबहिनीको मृत अवस्थामा फेला
    आजदेखि,एसईई शुरु ५ लाख १२ हजार परीक्षार्थी सहभागी हुँदै
    आज मिति २०८२ साल चैत १९ गते बिहिबार, तपाईको राशिफल
    ताजा अपडेट
    • सर्लाहीमा एकैठाउँ झुन्डिएर दिदीबहिनीको मृत अवस्थामा फेला
    • आजदेखि,एसईई शुरु ५ लाख १२ हजार परीक्षार्थी सहभागी हुँदै
    • आज मिति २०८२ साल चैत १९ गते बिहिबार, तपाईको राशिफल
    • मानव चेतनामा हुने घातक विस्फोट ‘digital war’
    • मुगुमा भूकम्पको धक्का

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.