• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपालमा भ्याट नतिर्ने टिकटकको अडान

"नेपालमा भ्याट नतिर्ने टिकटकको अडान "

  •    अभियान हाम्रो डट कम / बुधबार, चैत ०४, २०८२  

  • टिकटकले नेपालमा कारोबार गरेबापतको मूल्य अभिवृद्धि कर (भ्याट) नतिर्ने अडान राखेको छ । दुई आर्थिक वर्ष ०८०/८१ र ०८१/८२ मा लगातार कुल एक करोड ३६ लाख भ्याट तिरेको टिकटकले उप्रान्त नतिर्ने जनाएको हो । चालू आव ०८२/८३ मा टिकटक प्रालिले एक पैसा पनि भ्याट तिरेको छैन ।

    फागुन मसान्तसम्म पनि नतिरेपछि ठुला करदाता कार्यालयले मंगलबार टिकटकका नेपालस्थित प्रतिनिधिलाई बोलाएको थियो । टिकटकका प्रतिनिधिका रूपमा बिक्की अग्रवाल कार्यालयमा उपस्थित भए । तर, उनले गुगल र एप्पलले तिर्ने भ्याटमा टिकटकको कर समेटिने दाबी गर्दै छुट्टै भ्याट नतिर्ने अडान राखेको प्रमुख कर प्रशासक केदारनाथ शर्माले जानकारी दिए ।

    ‘टिकटक एप डाउनलोड गर्ने प्लाटफर्म गुगलको प्ले स्टोर र एप्पलको एप स्टोरका आधारमा दुवै कम्पनीहरूले भ्याट तिर्दै आइरहेकाले भ्याट नतिर्नुपर्ने दाबी उहाँले गर्नुभएको छ । यसलाई पुष्टि गर्ने आधिकारिक कागजात पेस गर्न भनेका छौँ । केही दिनमा उहाँहरूले यसलाई पुष्टि गर्ने कागजात पेस गर्छु भन्नुभएको छ । हामीले विद्यमान कानुन र कार्यविधि हेरेर आवश्यक निर्णय लिनेछौँ,’ शर्माले भने । टिकटकका प्रतिनिधि अग्रवालले आफूहरूले प्रत्यक्ष रूपमा विद्युतीय सेवा कर (डिएसटी) तिरे पनि भ्याट आफ्नो दायित्वमा नपर्ने तर्क राखेको शर्माको भनाइ छ । तर, कर कार्यालयले भने यसलाई सहज नमानेकाले थप जाँचबुझ गर्ने बताएको छ

    नयापत्रिका बाट साभार

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.