सुर्खेत : १६ वर्षीया इनिशा विकमाथि ब’ला’त्कारपछि ह’त्या भएको घ’ट’नाले देशभर आ’क्रोश र शोक फैलिएको छ। छोरीको उज्ज्वल भविष्य बनाउन दुबई गएका उनका बुवा भने अहिले छोरीको शव हेर्न नेपाल फर्किन बाध्य भएका छन्।
घ’ट’नाको खबर पाएपछि उनी दुबईबाट हतार–हतार भारत हुँदै सुर्खेत पुगेका हुन्। सुर्खेत पुगेपछि उनले छोरीलाई न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएका छन्।
पीडाले भरिएको आवाजमा उनले भने, मेरो छोरीले न्याय नपाएसम्म म शव बुझ्दिनँ। दोषीलाई कडा सजाय हुनुपर्छ।”
परिवारका अनुसार इनिशा पढाइमा निकै तेज थिइन्। उनी भविष्यमा डाक्टर वा नेपाली सेनाको अधिकृत बन्ने सपना बोकेकी थिइन्। छोरीको यही सपना पूरा गराउन उनका बुवा रोजगारीका लागि दुबई गएका थिए।तर अहिले छोरीको ह’त्याको खबरले परिवार शो’कमा डुबेको छ। स्थानीयवासी र अधिकारकर्मीहरूले घ’ट’नाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा का’रबाही गर्न माग गरेका छन्।यस घ’टनाले देशभर महिला तथा बालिकामाथि हुने हिं’सावि’रुद्ध आवाज अझ चर्किएको छ।








