प्रिय बालेन अभिवादन!
बधाई छ!
नेपाल को प्रधानमन्त्री बन्दै गर्दा
केही नयाँ कुरा गर्छु भन्दै गर्दा
आरोपको गिर्दा त्यत्तिकैछ यहाँ
आशंका को घेरा उत्तिकैछ यहाँ
छ नेपालीको नयाँ नौलो आशा
त्यत्तिकै अथाह विश्वास भरोसा
बिस्तारै आरोप हरु चिर्नु पर्छ
प्रमाणित गर्दै अघि छिर्नु पर्छ।
हुन सक्छ अघि मृत्युको धराप
खुवाउन सक्छ झुक्याइ सराव
थाहै नपाइ नाङ्गोझार पार्न सक्छ
रसातल सम्मै सिधै झार्न सक्छ
विश्वास संगै संका गर्नु पर्छ
सात जंघार छामी एक तर्नु पर्छ
हुनसक्छ त्यतै अरुले भनेझैं
कंसाकार डाकु वाल्मीकि बनेझैं।
निरीह बनेर मुख ताक्नु हुन्न
भिखारी बनेर हात थाप्नु हुन्न
आफ्नै बुताले केही गर्नु पर्छ
युगौं सम्झिने कृति छर्नु पर्छ
दुनियाँ को आँखा पर्न दिनु हुन्न
खनीज र जंगल चर्न दिनु हुन्न
जोगाइ राख्नु गोर्खाली व्यक्तित्व
बचाइ राखौं यो देशको अस्तित्व।








