नेपाली कम्युनिस्ट पार्टीका सक्रिय तथा दमदार युवा नेता गगन पुरी पछिल्लो समय राजनीतिक वृत्तमा चर्चा बटुल्दै आएका छन्। संगठन सुदृढीकरण, जनतासँग प्रत्यक्ष संवाद र स्पष्ट विचार प्रस्तुत गर्ने शैलीका कारण उनी कार्यकर्तामाझ लोकप्रिय बन्दै गएका छन्।
नेपाल कम्युनिस्ट पार्टी भित्र गगन पुरीलाई मेहनती, स्पष्टवक्ता र जुझारु नेताका रूपमा चिनिन्छ। गाउँ–गाउँमा पुगेर जनताका समस्या सुन्ने, किसान, मजदुर र युवाका सवाललाई प्राथमिकतामा राख्ने उनको कार्यशैलीले स्थानीय तहमा सकारात्मक सन्देश दिएको बताइन्छ। झापा क्षेत्र नम्बर ५ का उम्मेदवार रन्जित तामाङको घर दैलो कार्यक्रममा उनले सुशासन, पारदर्शिता र सामाजिक न्यायका विषयलाई जोड दिएका थिए। “राजनीति पदका लागि होइन, परिवर्तनका लागि हुनुपर्छ” भन्ने उनको अभिव्यक्ति कार्यकर्तामाझ उत्साह जगाउने खालको रहेको सहभागीहरू बताउँछन्।
विशेषगरी युवापुस्तालाई राजनीतिमा आकर्षित गर्न उनले अभियान चलाइरहेका छन्। शिक्षा, रोजगारी र उत्पादनमुखी अर्थतन्त्रको पक्षमा स्पष्ट धारणा राख्दै उनले संगठनलाई नयाँ ऊर्जा दिन खोजेको देखिन्छ।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार, गगन पुरी जस्ता युवा नेतृत्वले पार्टीलाई तल्लो तहसम्म चलायमान बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ। आगामी दिनमा उनको राजनीतिक यात्राले कस्तो मोड लिन्छ भन्ने विषयमा सर्वत्र चासो बढ्दै गएको छ।

समयले खोजेको इमानदार, कर्मठ र जनताको मन जित्न सक्ने व्यक्तित्वका रूपमा उहाँलाई धेरैले हेर्न थालेका छन्। गाउँ–बस्तीका पीडा, युवाको बेरोजगारी, किसानका समस्या र विकासका अधुरा सपनालाई नजिकबाट बुझ्ने नेताको रूपमा उहाँको पहिचान बन्दै गएको छ।

राजनीति केवल सत्ता प्राप्तिको बाटो होइन, सेवा र जिम्मेवारीको मार्ग हो भन्ने सोच बोकेर अघि बढ्ने व्यक्तित्वका रूपमा रञ्जित तामाङलाई समर्थकहरूले “युग परिवर्तनको आवाज” भनेर चित्रण गर्छन्। युवासँगको सहकार्य, महिला सशक्तीकरणमा जोड, शिक्षा र स्वास्थ्यमा सुधारको प्रतिबद्धता उहाँका मुख्य एजेन्डा मानिन्छन्।

यसपालिको निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, भविष्यको दिशा तय गर्ने अवसर पनि हो। झापा क्षेत्र नम्बर पाँचका मतदाताले अब व्यक्तित्व, इमानदारी र कार्ययोजनालाई चिन्ने समय आएको छ। परिवर्तनका लागि सक्षम, जनताको सुखदुःखमा साथ दिने र विकासको स्पष्ट दृष्टिकोण राख्ने उम्मेदवार चिन्नु जरुरी छ।
चुनावको बेला भीड धेरै देखिन्छ, तर इतिहासले सम्झिने पात्र थोरै हुन्छन्।








