• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

धनुषामा प्रेम सम्बन्धकै कारण एक युवकको निर्मम हत्या

"धनुषामा प्रेम सम्बन्धकै कारण एक युवकको निर्मम हत्या  "

  •    अभियान हाम्रो डट कम / शुक्रबार, फागुन १५, २०८२  

  • धनुषामा प्रेम सम्बन्धकै कारण एक युवकको निर्मम हत्या भएको खुलेको छ । बिहीबार दिउँसो ४ बजे औरही गाउँपालिका–६ को खेतमा मृत भेटिएका हंसपुर नगरपालिका–९ रुदौलीका १९ वर्षीय सुमित मण्डलको प्रेम सम्बन्धकै कारण हत्या भएको खुलेको हो ।

    मण्डलको शव घाँटी रेटिएको अवस्थामा फेला परेको थियो । घाँटी अगाडिबाट धारिलो हतियार प्रयोग गरेर रेटेको र शरीरका अन्य भागमा समेत कुटपिटका गम्भीर चोट देखिएको प्रहरीले जनाएको छ ।

    धनुषा प्रहरीले शुक्रबार हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरेको छ ।

    हत्या आरोपमा प्रहरीले काजलसहित उनका दाजु २० वर्षीय दिपेशकुमार मण्डल र काका २९ वर्षीय परमेश्वर मण्डललाई पक्राउ गरेको छ ।

    प्रारम्भिक अनुसन्धानमा सुमित र काजल एक वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको प्रहरीले जनाएको छ । बुधबार काजलको घरमा कोही नभएको मौका पारेर सुमित उनलाई भेट्न पुगेका थिए ।

    सुमित घरभित्र प्रवेश गरेपछि काजलका काका परमेश्वरले थाहा पाए । त्यसपछि उनले सुमितलाई नियन्त्रणमा लिएर काजलका दाजु दिपेशलाई बोलाएका थिए । दुवै मिलेर सुमितका हात पछाडिबाट डोरी र गम्छाले बाँधी कुटपिट गरे ।

    कुटपिटपछि सुमितलाई मोटरसाइकलमा राखेर डेढ किलोमिटर टाढा खेतमा लगेर घाँटी रेटेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.