• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपाल जेन्जी फ्रन्टले भदौ २३ र २४ गते भएको विध्वंस तथा दमनका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद थप नगरी तोकिएकै समयमा प्रतिवेदन सार्वजनिक गर्न माग

"नेपाल जेन्जी फ्रन्टले भदौ २३ र २४ गते भएको विध्वंस तथा दमनका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद थप नगरी तोकिएकै समयमा प्रतिवेदन सार्वजनिक गर्न माग "

  •    अभियान हाम्रो डट कम / बिहिबार, फागुन १४, २०८२  

  •     नेपाल जेन्जी फ्रन्टले भदौ २३ र २४ गते भएको विध्वंस तथा दमनका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद थप नगरी तोकिएकै समयमा प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। फ्रन्टले बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय गरेको जनाएको छ।
           फ्रन्टले विज्ञप्ति जारी गर्दै गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको म्याद फागुन २२ गतेपछि एक दिन पनि नथप्न र तत्काल प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन प्रक्रिया अघि बढाउन माग गरेको हो। आयोगको म्याद पटक–पटक थपिँदै जानुले न्याय सुनिश्चिततामा आशंका उत्पन्न भएको फ्रन्टको भनाइ छ।
         विज्ञप्तिमा भदौ २३ र २४ गतेको जेन्जी जनआन्दोलनका क्रममा ७६ जना नेपाली नागरिकको गैरन्यायिक हत्या भएको र २ हजार २ सय १३ भन्दा बढी घाइते भएको उल्लेख गर्दै ती घटनाले नेपाली समाजलाई गम्भीर रूपमा आहत बनाएको जनाइएको छ। भ्रष्टाचार निवारण र वाक–डिजिटल स्वतन्त्रताको सुनिश्चितताका लागि युवाले शान्तिपूर्ण रूपमा गरेको आन्दोलनमाथि तत्कालीन सरकारले बर्बर दमन गरेको आरोप फ्रन्टले लगाएको छ।
         फ्रन्टका अनुसार देश अराजकताको डिलमा पुगेको संक्रमणकालीन अवस्थामा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्न तथा आन्दोलनका माग सम्बोधन गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्लाई राज्यको बागडोर सुम्पिएको थियो। अब फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमार्फत देश पुनः संवैधानिक मार्गमा फर्किनेमा आफूहरू विश्वस्त रहेको फ्रन्टले जनाएको छ।
         तर निर्वाचन मात्र पर्याप्त नभई आयोगको प्रतिवेदन सार्वजनिक गरी दोषीलाई न्यायोचित कारबाही गर्नुपर्नेमा फ्रन्टले जोड दिएको छ। आयोगको म्याद निर्वाचनपछि फागुन २२ गतेसम्मका लागि थप गरिनुले गम्भीर चिन्ता उत्पन्न भएको फ्रन्टको भनाइ छ।
            फ्रन्टले २०४६ सालको मल्लिक आयोग, २०६२–६३ को रायमाझी आयोग र २०७२ सालको लाल आयोगका प्रतिवेदन सार्वजनिक नहुँदा न्याय ओझेलमा परेको उदाहरण स्मरण गराउँदै यसपटक पनि त्यस्तै अवस्था दोहोरिने हो कि भन्ने आशंका व्यक्त गरेको छ।
           ‘फेरि सडकमा निस्केर आन्दोलन गर्नुपर्ने परिस्थिति नआओस्,’ भन्दै फ्रन्टले निर्वाचनलगत्तै प्रतिवेदन सार्वजनिक गर्ने स्पष्ट सार्वजनिक प्रतिबद्धता जनाउन प्रधानमन्त्रीसमक्ष मागपत्र बुझाउने जनाएको छ। साथै, आसन्न निर्वाचनबाट आउने नयाँ प्रतिनिधिसभा र त्यसले गठन गर्ने सरकारले प्रतिवेदनको अपनत्व लिएर दोषीलाई कारबाही गर्ने, पीडितलाई न्याय दिलाउने र दण्डहीनताको अन्त्य गर्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने भन्दै राजनीतिक दलहरूको पनि ध्यानाकर्षण गराएको छ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.