आदिवासी जनजातिका तीन संगठनले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा चुनावमा नेपाली कम्युनिष्ट पार्टीकालाई भोट हाल्न अपील गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीले उत्पीडित जाति तथा समुदायहरूको पहिचान, हक अधिकार र जातिय सांस्कृतिक स्वायत्तताको लागि आवाज उठाएको भन्दै सोही पार्टीलाई भोट हाल्न अपील गरिएको हो ।
आदिवासी÷जनजाति संयुक्त मोर्चा नेपाल, नेपाल आदिवासी जनजाति महासंघ(समाजवादी) र समाजवादी आदिवासी जनजाति महासंघ नेपालले संयुक्त रुपमा अपील जारी गर्दै मजदूर, किसान, आदिवासी÷जनजाति, महिला, मधेशी, दलित, मुस्लिम लगायतका सम्पूर्ण उत्पीडित वर्ग, जाति समुदाय, लिङ्ग, क्षेत्रहरूको पार्टी नै नेकपा भएको बताइएको छ ।
‘यही फागुन २१ गते हुन गैरहेको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी र यस्का प्रत्यक्ष तथा समानुपातिक निर्वाचनका सबै उम्मेदवारहरूलाई बिजयी गराउनका लागि मजदूर, किसान, आदिवासी÷जनजाति, महिला, मधेशी, दलित र मुस्लिम समुदायका सम्पूर्ण मतदाताहरूलाई तारा चुनाव चिन्हमा मतदान गर्न अनुरोध छ ।’ अपीलमा भनिएको छ ।








