• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आफू विजयी भए चितवनलाई देशकै राजधानीका रूपमा विकास गर्ने अठोट, रेनु दाहाल

"आफू विजयी भए चितवनलाई देशकै राजधानीका रूपमा विकास गर्ने अठोट, रेनु दाहाल "

  •    अभियान हाम्रो डट कम / बुधबार, फागुन १३, २०८२  

  • चितवन क्षेत्र नम्बर ३ बाट तारा चिन्ह लिएर प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी रेनु दाहालले आफू विजयी भए                          चितवनलाई देशकै राजधानीका रूपमा विकास गर्ने अठोट व्यक्त गरेकी छन्। बुधबार नेपाली कम्युनिस्ट पार्टी चितवन–३ ले भरतपुर–९ को धारेचोकमा आयोजना गरेको विविध सांस्कृतिक कार्यक्रममा सम्बोधन गर्दै दाहालले चितवनलाई आर्थिक विकासको केन्द्र, रोजगारीको प्रमुख गन्तव्य तथा व्यापारिक हबका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाइन्।
                     भरतपुर महानगरपालिकाको प्रमुखका रूपमा करिब नौ वर्ष काम गरेको अनुभव उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा ठूला पूर्वाधार आयोजना सम्पन्न भएको दाबी गरिन्। उनले ६ लेन सडक निर्माण, सिटी हल निर्माण, एक हजार ८८ किलोमिटर सडक कालोपत्रे, भरतपुर विमानस्थल विस्तार र नयाँ टर्मिनल भवन निर्माणलगायतका काम सम्पन्न वा अघि बढाइएको बताइन्। नारायणी नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माण तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको काम पनि प्रगतिको चरणमा रहेको उनले जानकारी दिइन्।
                दाहालले महानगर प्रमुख हुँदा सुरु भएका केही अधुरा योजना संघीय संसदमा पुगेपछि बजेट विनियोजनमार्फत पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन्। बजार क्षेत्रको ढल व्यवस्थापनलाई दीर्घकालीन समाधान दिन डिपिआर र इआइए प्रक्रिया पूरा भइसकेको उल्लेख गर्दै उनले करिब ३ अर्ब रुपैयाँ लागतको ढल निकास परियोजना सम्पन्न गर्ने योजना रहेको बताइन्।
    “महानगर प्रमुख हुँदा जनताको सुख–दुःखमा साथ दिएको छु, अब संघीय संसदमा पुगेर पनि जनताको सेवक भएर काम गर्नेछु,” उनले भनिन्। कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चित्रबहादुर श्रेष्ठले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए भने उम्मेदवार दाहालसहित सहभागीहरूले उत्साहपूर्वक कार्यक्रममा सहभागिता जनाएका थिए।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.