झापा ५ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रञ्जीत तामाङसँग मंगलबार भेट गरि सहिद पिता चौलगाईले झापा– ५ मा उम्मेदवारी दिएका केपी ओली र बालेन्द्र शह दुवैप्रति आक्रोश पोखेका हुन्। तामाङलाई शुभकामना दिन गौरादह ७ मा आइपुगेका सहिद पिता चौलगाईले भने, ‘नरसंहारमा उक्साउने बालेन र नरसंहार मच्चाउने ओली दुबैलाई हराउनुपर्छ।’ उनले बालेन र रविहरुले जेनजीका एजेण्डा बेबारिसे पारेको आरोप लगाए ।
चौलगाईले भने, ‘जेनजीका एजेण्डा बोकेको हुनाले झापा ५ मा आफ्नो साथ, सहयोग र समर्थन रन्जित तामाङलाई रहन्छ ।’ चौलगाईले २०८४ को चुनाव २०८२ मा सार्न मात्र जेनजी विद्रोह नभएको भन्दै थपे, ‘एकथान चुनाव मात्र जेनजीको माग थिएन।’
प्रत्युत्तरमा तामाङले जेनजीका अधुरा सपना पुरा गर्न मन, वचन र कर्मले लागिरहने प्रतिबद्धता जनाए । वास्तविक जेनजीका मुद्धा पुरा गर्न आफु निरन्तर लागिरहने भन्दै उनले जेनजी सहिद पिताको अपेक्षाले आफ्नो जिम्मेवारी बढेको उल्लेख गरे ।
मोरङको बेलबारी ११ घर भएका १८ वर्षीय श्रीयम परिवारसहित काठमाडौंको पेप्सीकोला बस्दै आएका थिए । ग्लोबल कलेज अफ म्यानेजमेन्टमा कक्षा १२ (म्यानेजमेन्ट)अध्ययनरत थिए । उनी परिवारको एक्लो छोरा थिए ।
साभार हाम्रोमत बाट







