नेकपाबाट पर्वत–१ का उम्मेदवार रहेका मनहरि शर्मा (तिमिल्सिना)ले पनि चुनावी प्रचारप्रसार फरक ढंगले गरेका छन् । पत्रकार तथा बौद्धिक नेता मानिने उनी पछिल्लो प्रचण्ड सरकारको बेला सञ्चार विज्ञको रुपमा नियुक्त भएका थिए । तिमिल्सिना पहिलो पटक प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका हुन् । २०८४ को आवधिक निर्वाचनका लागि दुई वर्षअघि देखि नै गृहजिल्ला पर्वतमा तयारी गरेका थिए । तर भदौमा जेनजी आन्दोलनका कारण निर्वाचनको मिति अगाडि सरेपनि उनले टिकट पाए । चुनावी प्रचारको क्रममा घरदैलो कार्यक्रममा व्यस्त रहेका उनले कुनै पनि भड्किलो कार्यक्रम गरेका देखिँदैन । मतदता समक्ष तात्कालीन आश्वासन भन्दा पनि दीर्घकालीन विकास र समृद्धिको वकालत गर्दै आएका छन् । विदेशबाट आएका रेमिट्यान्स अनुत्पादन क्षेत्रमा लगानी भएकाले रोजगारी सिर्जना हुन नसकेको विषय मतदातालाई बुझाएका छन् ।

उत्पादकत्व बढाउँदैन । जीवनस्तर उठाउँदैन’, उनी भन्छन्, ‘विदेश गएको छोराछोरीलाई नेपालमै पढाउनु पर्यो । विदेशबाट मासिक दुई लाख आएको छ भने ५० हजार खर्च कटाएर बाँकी उत्पादन क्षेत्रमा लगानी गर्नुपर्यो । यति गर्न सकिएमा विदेशमा काम गर्न नसकेर फर्किँदा लगानीबाट बढेको पैसाले आफ्नै देशमा केही गर्न सकिन्छ ।’

तिमिल्सिना हरेक गाउँ–गाउँ पुग्दा निराशा होइन, आशावादी कुरा गर्छन् । देशमा केही भएको छैन होइन, हालसम्म भएका प्रगति विवरण मतदातालाई सुनाउँछन् । उनले ठुला-ठुला आश्वासन नबढेर स–साना तथा मसिना कुराहरूलाई प्रष्ट ढंगले राखेर मतदाताको मत जित्ने प्रयास गरेको देखिन्छ ।








