पोखरा
जथाभावी रुख ढलायौ
डाँडाकाँडा डोजर चलायौ
खडेरीमा आगो लगायौ
भिर पाखामा बस्ती बसायौ
अनि भन्छौ
पहिरो कस्ले खसायो?
अझ भन्दैछौरे!
बाढी पहिले आयो
बर्षा पछि भयो
मान्छे पहिले मर्यो
पहिरो पछि खस्यो
योत त षड्यन्त्र हो
कि यो प्रकृतिको झेल
कित यो बिदेशीको खेल!








