• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

दुई ‘हेभीवेट’ उम्मेदवार दबाबमा पर्दा नेपाल कम्युनिस्ट पार्टीका युवा उम्मेदवार रञ्जित तामाङ: पछिल्लो चर्चाले उत्साहित तामाङ


  •    दुई ‘हेभीवेट’ उम्मेदवार दबाबमा पर्दा नेपाल कम्युनिस्ट पार्टीका युवा उम्मेदवार रञ्जित तामाङ: पछिल्लो चर्चाले उत्साहित तामाङ/ मङ्गलबार, फागुन १२, २०८२  

  • झापा क्षेत्र नम्बर ५ को चुनावी मैदान यसपटक केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभएर अस्तित्वको लडाइँ बनेको छ । आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका दुई उम्मेदवारकाके कारण यो क्षेत्र उम्मेदवारी दर्ता हुनुअघिदेखि नै चर्चामा छ ।

    उम्मेदवारी दर्ताको सुरुवाती दिनहरूमा यो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाहको मात्र चर्चा चल्यो । सञ्चार माध्यम र सामाजिक सञ्जालले दुई उम्मेदवार मात्र मैदानमा छन् भन्ने ढंगले चर्चा गरे ।

    पब्लिक डिबेटपछि फेरिएको माहौल
    उम्मेदवारी दर्ताको एक महिनापछि गत साता दमकमा भएको ‘पब्लिक डिबेट’ पछि क्षेत्रको दृश्य फेरिएको छ । दुई ‘हेभीवेट’ उम्मेदवार दबाबमा पर्दा नेपाल कम्युनिस्ट पार्टीका युवा उम्मेदवार रञ्जित तामाङ भने मतदाताको नयाँ भरोसाका रूपमा उदाएका छन् ।

    पब्लिक डिबेटमा शाह सहभागी नै भएनन् । आफ्नो कुरा सामूहिक रुपमा मतदाताले उम्मेदवारबीच राख्न पाएनन् । कार्यक्रममा सहभागी ओली रक्षात्मक र तामाङ आक्रामक बनेका थिए । पत्रकार विजय पौडेलले सञ्चालन गरेको सार्वजनिक बहस झापा ५ को प्रचार अभियानकै ‘टर्निङ प्वाइन्ट’ जस्तै भएको देखिउको छ ।

    सार्वजनिक बहसमा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार तामाङले उठाएका तथ्यपरक प्रश्नहरूले ओलीलाई निकै रक्षात्मक बनायो । तामाङले खासगरी भदौ २३ र २४ को ‘जेन–जी आन्दोलन’ मा भएको दमन र मानवीय क्षतिको नैतिक जिम्मेवारी ओलीले लिनुपर्ने बताए । ओलीले थप मानवीय क्षति नहोस् भनेर आफू ‘ठाउँ सरेको’ (राजीनामा दिएको) जिकिर गरे पनि तामाङले त्यसलाई ‘मैदान छोडेर भागेको’ रूपमा व्याख्या गरे, जसलाई उपस्थित सहभागी मतदाताले ताली बजाएर समर्थन गरेका थिए ।

    तामाङले ओलीको विकास मोडलमाथि नै कडा प्रहार गरे । “भ्युटावरको फेदमा मोबाइल टावर छैन, नागरिकले सञ्चार सेवा पाएका छैनन् । विद्यालयका भवन छन् तर विद्यार्थी छैनन् । किसानले मल र बिउ पाएका छैनन्,” तामाङले प्रश्न गरे, “अध्यक्षज्यू, तपाईँलाई थाहा छ– अहिले किसानले उत्पादन गरेको धानको बजार मूल्य कति छ ?” ओलीले यसको जवाफ ‘थाहा छैन’ भन्नुपर्दा उनी किसानको मुद्दाबाट धेरै टाढा पुगेको अनुभूति मतदतालाई भएको थियो ।

    अर्कोतिर जेनजी आन्दोलनका सहिद श्रीयम चौलागाईंका बुबा गणेश चौलागाईंले दुई अतिवादलाई परास्त गर्न तामाङलाई जिताउनुपर्ने अपिल झापा ५ मै पुगेर गरेका छन् । उनले जेनजीलाई आन्दोलनको लागि उक्साएर बालेन भागेको र उनीहरुलाई श्रद्धाञ्जली दिनसमेत नआएको भन्दै आक्रोश पोखेका छन् । यस्तै ओलीले आफ्ना छोराछोरीको हत्या गरेको भन्दै उनले दुई अतिवादलाई परास्त गर्नुपर्ने बताएका छन् । त्यसले तामाङलाई थप उत्साही बनाएको छ । अर्कोतिर जेनजी आन्दोलनको जस लिन खोजेका बालेनमाथि सहिद परिवारकै प्रश्नले मतदातालाई गम्भीर बनाएको छ ।

    बालेनको अनुपस्थिति र ‘राजाको सवारी’ जस्तै छवि
    क्षेत्रमा ओलीलाई जसरी पनि चुनाब हराउने मनोविज्ञान जबरजस्त रुपमा देखिन्छ । सुरुमा ‘ओलीको विकल्प बालेन मात्र हुन्’ भन्ने भाष्य निर्माण भएको थियो । तर, दमकको बहसमा अनुपस्थित भएपछि बालेनप्रति पनि मतदाता रुष्ट छन् । बालेन मतदातालाई साक्षी राखेर अन्य उम्मेदवारसँग बहस गर्न डराएको र जनतासँग प्रत्यक्ष संवाद नगर्ने ‘सेलिब्रेटी’ मात्र बन्न चाहेको टिप्पणी हुन थालेको छ ।

    कमल गाउँपालिका सितापुरीका युवा अशोक राई बालेनको शैलीप्रति रुष्ट छन् । “हामी ओली हराउन बालेनलाई भोट हाल्ने मुडमा थियौँ । तर, बालेन त हामीसँग भेट्दै नभेट्ने, राजाको सवारी जस्तै हिँड्ने पात्र रहेछन्’ उनले भने, ‘उम्मेदवारबीच छलफलमा पनि नआउने पात्रभन्दा रञ्जीतको प्रस्तुतीले छोएको छ ।’

    त्यसो त दमकमा पब्लिक डिबेट चल्दैगर्दा चुनाबी सभामा जाने भन्दै बालेन काठमाडौं हिँडेका थिए । धनगढी र सुर्खेतको सभा गरेपछि भने उनी विरामी भएको भन्दै काठमाडौं फर्किए भने त्यसपछि अन्य सबै सभा स्थगित गरेर उनी निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् । यसको कारण पछिल्लो समयमा उनले दबाब महशुस गर्न थालेका छन् ।

    ओलीको अस्तित्वको लडाइँ : २०४८ पछिकै ठूलो दबाब
    विगतमा मनोनयन दर्ता गरेपछि देश दौडाहामा निस्कने ओली यसपटक आफ्नै क्षेत्रमा सीमित भएका छन् । माघ ५ को मनोनयनपछि उनी चौथो पटक झापा झरेका छन् र निर्वाचनअघि काठमाडौँ नफर्कने योजनामा छन् । यो दबाब सन् २००८ ९२०६४० को निर्वाचनमा माओवादीका विश्वदीप लिङ्देनसँग पराजित हुँदाको भन्दा पनि बढी रहेको छ ।

    ओलीले आफ्नो पक्षमा माहोल बनाउन नेता तथा कार्यकर्ताहरूलाई तल्लो तहमा खटाएका छन् । एमालेले आफ्नो बिग्रिएको आधार ७० प्रतिशत सुधार गरेको दाबी गरेपनि कार्यकर्ता तहमा भने त्यो आत्मविश्वास देखिएको छैन । बालेनको क्रेज र तामाङको बढेको प्रभावले ओली थप दबाबमा छन् । त्यसैले उनी २०४८ को निर्वाचनपछि पहिले पटक मतदाताको घरदैलोमा पुगिरहेका छन् । ५९ वर्षीया मतदाता सामरानी राई भन्छिन्, “२०४८ सालदेखि भोट हाल्दै आएकी छु, तर ओलीलाई आफ्नो घरदैलोमा यसरी हिँडेको पहिलो पटक देख्दै छु ।”

    बौद्धिक वर्ग र युवामा प्रभाब बढाउँदै तामाङ
    तामाङको पक्षमा केवल स्थानीय युवा मात्र होइन र बौद्धिक वर्ग पनि सकारात्मक देखिन थालेको छ । शनिबार दमक २ का तीन दर्जन बढि युवाहरुले तामाङलाई आफैं वडामा बोलाएर सहयोग गर्ने प्रतिबद्धता जनाए । तामाङको बिचार र स्पष्ट दृष्टिकोणले आकर्षित गरेको उनीहरुको भनाइ छ ।

    त्यसो त झापा ५ मै घर भई क्यानडामा रहेका पत्रकारिताका प्राध्यापक भानुभक्त आचार्यले सामाजिक सञ्जालमार्फत तामाङलाई ‘अब्बल उम्मेदवार’ को रूपमा चित्रण गरेका छन् । जसले उनलाई सकारात्मक बल दिएको छ । तामाङले चुनावी अभियानको क्रममा करिब १० हजार घरमा पुगेर स्थानीय समस्यालाई आफ्नो एजेन्डा बनाएका छन्, जसले उनलाई अन्य ‘हाइप्रोफाइल’ उम्मेदवारभन्दा फरक र स्थानीय देखाएको छ ।

    नेकपाका चुनाव प्रचार संयोजक सुरेन्द्र बस्नेत भन्छन्, “सुरुमा दुई उम्मेदवारको मात्र चर्चा थियो, तर, रञ्जितजीले आफ्नो पहिचान स्थापित गरेपछि अब हामी चुनाव जित्ने अवस्थामा पुगिसकेका छौँ ।”

    ओली हराउने मनोविज्ञानको लाभ लिने प्रयास
    क्षेत्रमा एक महिना अगाडिको तुलनामा केहि हदसम्म एमाले सम्हालिएको देखिएको छ भने बालेको क्रेज घटेको देख्न सकिन्छ । अझै पनि झापा ५ का मतदाताको ठूलो हिस्सामा ‘यसपटक ओलीलाई जसरी पनि हराउने’ मनोविज्ञान छ । यो ‘एन्टी–ओली’ मत सुरुमा बालेनतर्फ मात्र केन्द्रित थियो । अन्यले बालेन हराउन नसक्ने भएकोले उनलाई मत दिने मतदाता बताइरहेका थिए । तर, बालेनको गैर–जिम्मेवार व्यवहार र तामाङको तार्किक प्रस्तुतिका कारण त्यो मत अहिले बाँडिने देखिएको छ ।

    ओली आफ्ना असन्तुष्ट कार्यकर्ता फकाएर पुरानै विरासत जोगाउन संघर्षरत छन् भने बालेन आफ्नो गुम्दै गरेको क्रेज बचाउन झापाका गल्लीहरू चहार्न थालेका छन् । तामाङ भने ‘दुईखाले अतिवादलाई परास्त गरौँ, स्थानीय मुद्दा बुझेको युवालाई रोजौँ’ भन्ने नारासहित उत्साहित भएर चुनावी मैदानमा छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.