• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रौतहटको सबगढामा साम्प्रदायिक दङ्गा भड्काएको आरोपमा २२ जनाविरुद्ध मुद्दा दर्ता


  •    / मङ्गलबार, फागुन १२, २०८२  

  • जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जमशैद, वडा ६ का वडाध्यक्ष अबधविहारी साहलाई आवश्यक परेको बखत उपस्थित गराउने शर्तमा जिम्मा जमानीमा रिहा गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी विष्णुप्रदीप वस्यालले दिएको जानकारी अनुसार गएको शनिबार सबगढा घटनालाई चर्काएर तोडफोडमा संलग्न रहेको आरोपमा शुभनारायण साह र समिर मियाँलाई  पक्राउ गरिएको छ।

    डिएसपी वस्यालका अनुसार दुई जनासहित कुल २२ जनाविरुद्ध मुद्दा दर्ता गरी प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ। जिम्मा जमानीमा रिहा गरिएका जमशैद, वडा अध्यक्ष विहारीसहित तीन जनाको मोबाइल प्रहरी नियन्त्रणमा लिइएको र मोबाइल परीक्षणका लागि काठमाडौँ पठाइने उनले बताएका छन्। परीक्षणका क्रममा दोषी ठहर हुने प्रमाण फेला परेमा सोही कसुरअनुसार नियन्त्रणमा लिएर कारबाही गरिने प्रहरीले जनाएको छ।

    सुरक्षा निकायले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजी कार्य जारी रहेको जानकारी दिएको छ। प्रशासनले शान्ति–सुरक्षा कायम राख्न सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ।

    प्रहरीका अनुसार मुद्दा दर्ता गरिएका व्यक्तिहरूमा शेख अलियास, शेख अरमान, रितेश कुमार राम, रितिक कुमार यादव, दिपेन्द्र चन्द्रवंशी, विनोद कुमार साह, शेख रहमतुल्लाह, शेख मैनुदिन, अब्दुल रुमान, दिपलाल पासवान, ललन साह, शेख निराले, शेख सागिर, अहमद राजा, सर्फुदिन अन्सारी, अफरोज महम्मद, दिपक कुशवाहा, अब्दुल समिर, बिहान साह र महम्मद कैफ लगायत रहेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    ताजा अपडेट
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.