• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गुरुङ समुदायको पुरोहित पुर्नउत्थानका लागि कोरियाबाट आर्थिक सहयोग


  •    बोम्जन गुरुङ/ शनिबार, फागुन १४, २०७८  

  • कोरियामा रहेको जातीय संस्था तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले धादिङ जिल्लाको निलकण्ठ नगरपालिका २ चिसापानी स्थित गुरुङ समुदायको पुरोहित, लामा र गुरु पुर्नउत्थानका लागि करिब असी हजार रुपैंया सहयोग गरेको छ । गुरुङ समुदायको विश्वास, प्रचलन र परम्परामा आधारित धार्मिक विषयलाई पक्षपोषण गर्ने उद्धेश्यले गत बुधबार सो रकम हस्तान्तरण गरिएको हो ।

    बदलिंदो युग, आधुनिकिकरण र  परिवेशले प्रभाव पारिरहेको गुरुङ समुदायको संस्कारिक गतिविधिहरुको संरक्षण गर्न र लोपोन्मुख सामाग्रीहरुको जुटाउन सहज होस् भन्ने अभिप्रायले आर्थिक संकलन गरिएको अभियानका संयोजक एवं तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाका उपाध्यक्ष गीतासिंह गुरुङले बताए । सो रकमले नयाँ लामा, गुरु, पुरोहित उत्पादन गर्नका लागि खर्च गरिने, गुफा बस्ने अर्थात् घोम्मर राख्ने प्रक्रियाको आवश्यक सामाग्री किन्ने बताईएको छ । “संस्कार जोगाऔं संस्कृति जोगाऔं, लामा गुरु, पुरोहित जोगाऔं” अभियानका अभियन्ता सुनिल गुरुङले आफ्नो समुदायको प्रक्रिया अनुसार कुनै शुभकार्य, कर्म काण्डको  र पितृ कार्य (अर्घौ) कार्यको लागि आफूहरु सदैव तत्पर रहेको जानकारी दिए । कार्यक्रममा जनजागरण तमू समाज सिम्लेका सचिव पूर्ण बहादुर गुरुङ, कोषाध्यक्ष मोती गुरुङ लगायतका समाजका विशेष व्यक्तित्वहरुको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो ।

    तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाका अध्यक्ष कर्ण गुरुङले प्रवासमा रहेर पनि संस्थाले आफ्नो जातीय मौलिक परम्परा, संस्कार, संस्कृतिको संरक्षण र सम्बर्द्धनमा प्रत्यक्ष, अप्रत्यक्ष टेवा पुर्याईरहेको सन्दर्भ उल्लेख गर्दै यस अघि मोरङको पत्थरी शनिश्चरमा तमू भाषाको कक्षा सञ्चालन गर्न तीन लाख रुपैंयाको अक्षय कोष स्थापना गर्नुको साथै तत्काल तमू भाषाको कक्षा सञ्चालन गर्न पचास हजार रुपैंया प्रदान गरिसकेको स्पष्ट पारे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.