• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

विरगंजमा जाउँ है पोखरा अभियान


  •    संवाददाता/ बिहिबार, फागुन १२, २०७८  

  •    आन्तरिक पर्यटन पुनःउत्थानको लक्ष्यसहित गत आइतबारबाट सुरु भएको यसबर्षको जाउँ है पोखरा अभियान सफलतापूर्वक सम्पन्न भएको छ । बुटवल, हेटौंडा र विरगंज लगायतका शहरहरुलाई समेटेर संचालन गरिएको अभियान अन्तर्गत आन्तरिक पर्यटनको विकासका लागि व्यावसायिक सहकार्य र पर्यटन प्रबद्र्धनको पक्षमा जोड दिइएको थियो ।

     आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधारको रुपमा बुझेर संघले अभियान संचालन गरेको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । अभियानको क्रममा खासगरी नेपाली नयाँ बर्षका अवसरमा आयोजना गरिंदै आइएको फेवा नवबर्ष महोत्सवमा सहभागिताका लागि उल्लेखित शहरका वासिन्दालाई छलफल र अन्तरक्रिया आयोजना गरी निमन्त्रणा प्रदान गरिएको अध्यक्ष सुबेदीले बताए । महोत्सवका अवसरमा होटलका कोठामा ३० प्रतिशत छुट प्रदान गरिने पनि उनले जानकारी गराए ।

    दुई दशक अघि द्वन्द्वकालमा सुरु गरिएको जाउँ है पोखरा अभियानले सकारात्मक प्रभाव पारेको जनाउँदै अभियानका संयोजक एवं संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले सधैं कोभिड १९ भनेर बस्नुभन्दा मारमा परेको पर्यटन व्यवसायलाई विस्तारै पुनर्जागृत गर्दै चलायमान बनाउने उद्धेश्य अनुरुप आफूहरु प्रचारमा निस्किएको स्पष्ट पारे ।

    यही अवसरमा प्रदेश नम्बर २ को औद्योगिक तथा व्यापारिक शहर विरगंजमा बुधबार आयोजित कार्यक्रममा व्यवसायी गणेशप्रसाद लाठले पोखराले पर्यटकको चाहाना अनुसार सेवा सुविधा विकास, विस्तार र परिस्कृत गर्दै अगाडि बढ्नुपर्ने सुझाव राखे । अर्का व्यवसायी अनिल अग्रवालले ठूला दरका भारतीय नोट बोक्न पर्यटकलाई नेपालमा छुट हुने वातावरण सिर्जना गर्नुपर्ने भनाई राखे । आयोजक संघका सल्लाहकार वच्चुराम तिवारीले व्यवसायिक एकता र पर्यटनमा सहकार्य आबश्यक भएको भन्दै प्रतिस्पर्धी बजारलाई चिनेर अगाडि बढ्नुपर्ने बताए । पत्रकार श्याम बंजराले पनि सो अवसरमा भनाई राखेका थिए ।

    नेपाल पर्यटन बोर्डको प्रबद्र्धनमा भएको कार्यक्रममा अभियानका परिकल्पनाकार एवं होटल संघ नेपालका केन्द्रिय सदश्य विप्लव पौडेल, अर्का केन्द्रिय सदश्य एवं होटल संघ नेपाल पोखराका सल्लाहकार भरतराज पराजुली र होटल संघ नेपाल पोखराका सल्लाहकार हरिशर्मा गैह्रे लगायतका महानुभावको सहभागिता थियो । कार्यक्रमको संचालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.