• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव


  •    अभियान हाम्रो डटकम / सोमबार, कार्तिक २५, २०८२  

  • पोखरा, कार्तिक २४ — गण्डकी प्रदेश सरकारले फेरि देखाएको छ कि उनीहरू अझै दलको सीमाभन्दा माथि उठ्न सक्दैनन्। गण्डकी विश्वविद्यालयको उपकुलपति नियुक्ति विवादले प्रदेश सरकार युवापुस्ताको भावना र देश परिवर्तन गर्ने आकांक्षाप्रति कति असंवेदनशील छ भन्ने प्रष्ट पारेको छ।

    असोज १६ मा उपकुलपतिको कार्यकाल सकिएपछि नयाँ नियुक्ति प्रक्रिया सुरु हुनुपर्ने थियो। तर, सत्तारूढ दलहरू UML र कांग्रेसबीचको राजनीतिक भागबन्डा र स्वार्थी चलखेलका कारण प्रक्रिया रोकिन पुगेको छ। स्रोतका अनुसार UML पक्षले आफ्नो निकट व्यक्ति नियुक्त गर्न दबाब दिइरहेको छ — तर प्रस्तावित उम्मेदवारले ऐनअनुसारको योग्यता (पीएचडी र कम्तीमा आठ वर्षको अनुभव) पूरा नगरेको जनाइएको छ।
    यसबीच, कार्तिक २४ गते बसेको प्रदेश सभा बैठकमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले गण्डकी विश्वविद्यालय विधेयक, २०८२ पेश गरेको छ। उक्त विधेयकमार्फत विश्वविद्यालय ऐन संशोधन गर्ने पहल अघि बढाइएको हो।

    संशोधन प्रस्तावमा उपकुलपति नियुक्तिका लागि आवश्यक योग्यता परिवर्तन गरिएको छ — पहिले रहेको “PhD सकेर कम्तीमा ८ वर्ष काम गरेको” भन्ने शर्तलाई हटाएर, अहिले “PhD र ८ वर्ष काम गरेको” मात्र राखिएको छ। यसले शैक्षिक मापदण्डलाई कमजोर बनाउने र राजनीतिक नियुक्तिलाई सहज बनाउने प्रयासको रूपमा व्यापक आलोचना भइरहेको छ।

    विद्यार्थी र युवाहरूले यसलाई Gen Z क्रान्तिको भावना माथिको ठाडो अपमान र राजनीतिक हस्तक्षेपलाई कानुनी मान्यता दिन खोजिएको कदम भनेर कडा विरोध जनाएका छन्।
    “हामीले परिवर्तन र योग्यता खोज्यौं, उनीहरूले फेरि भागबन्डा खोजे,” पोखराका एक युवा अभियन्ताले भने। “यी नेताहरू कहिल्यै पनि पार्टीभन्दा माथि उठ्न सक्दैनन् — त्यसैले साँचो नेतृत्व जन्मिन सकेको छैन।”

    विश्लेषकहरूका अनुसार, गण्डकी प्रदेश सरकारले दलगत निष्ठा तोडेर स्वतन्त्र निर्णय गर्न नसकेसम्म युवाहरूको विश्वास पुनः प्राप्त गर्न असम्भव छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.