रुपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल एकै मञ्चमा जुट्न लागेका हुन् ।
उनीहरूलाई एउटै मञ्चमा जुटाउने कार्य सहिद बेपत्ता स्मृति प्रतिष्ठानले गर्न लागेको हो । प्रतिष्ठानले तीन नेतालाई एकै मञ्चमा राखेर बिहीबार बुटवलस्थित एसियन होटेलमा अन्तरक्रिया गर्न लागेको हो ।
वर्तमान राजनीतिक सङ्कट र निकाय विषय अन्तरक्रियाका क्रममा उनीहरूले आ–आफ्नो धारणा राख्न लागेको प्रतिष्ठानको भनाइ छ ।








