मेष-
सामाजिक उत्तर दायित्व वहन गर्ने समय छ। रोकिएका काम सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ।
बृष
रमणीयता र भावुकतामा भुलिने हुँदा कुनै महत्त्वपूर्ण पाठमा कमजोरी र कसर देखिने डर छ, त्यसैले लक्ष्य प्राप्त गर्न कडा मिहिनेत गर्नुपर्छ । नयाँ मित्रता वा सम्बन्धका बारेमा मन उत्सुक रहने छ, तर कुनै पनि बाचाबन्धन नगर्नु राम्रो हुन्छ । आत्मीय मित्र वा विपरीतलिङ्गी सहकर्मीको साथ पाउनाले चिताएको काममा सफलता मिल्नेछ । कार्यालयमा नौलो कामको जिम्मा लिएर मज्जाले खट्नुपर्ने समय छ, तर आज घरपरिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ । आज २५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो ।
मिथुन-
काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।
सिंह- विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। इष्टदेवको पूजा उपासना गर्नाले फाइदा हुनेछ। केही विवादमा परिने योग छ, सचेत रहनुहोला। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। सवारी साधनको प्रयोगमा अलि सावधानी अपनाउनुपर्ला।
कन्या-
रोकिएका काम सम्पादन हुनेछन्। पठन पाठनमा प्रगति हुनेछ। विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। आर्थिक अभावले भने अलि सताउनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि चौपायाबाट लाभ मिल्नेछ।
वृश्चिक-
दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यवसायिक यात्राको सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। अलि बाध्यताका काममा जुट्नुपर्ला। प्रतिस्पर्धी परास्त होलान्। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषि कर्म र व्यवसायिक काममा भने केही चुनौती सामना गर्नुपर्ला। मान सम्मान बढ्नेछ।
धनु-
काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ। मान सम्मान बढ्नेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ।
मकर-
आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ। तर, धेरै श्रमपछि अलि कम मात्र प्रतिफल पाइने समय छ। भएको आम्दानी सञ्चय गर्न नसकिएला। माल सामान चोरी वा नष्ट हुने योग छ, सचेत रहनु होला। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्।
कुम्भ-
सामाजिक कामको दायित्व बढ्नेछ। परिवारजनको भरण पोषणमा खर्च बढ्नेछ। उत्साहमा कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ। कर्मफल र अधिकारका लागि अलि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ला। प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ।
मीन- नयाँ काम पाउने योग छ। पढाइमा राम्रै उन्नति गरेर अगाडि बढ्न सकिनेछ। आँटे-गरेका काम पूरा भई धन लाभ हुन सक्छ। व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहनेछन्। यात्रा पनि रमाइलो हुनेछ। परिश्रम गर्दा अरूको विश्वास पनि जित्न सकिनेछ। अधुरा काम बन्ने छन्।








