एस पि रेग्मी
देस र दुनियाँ ब्युझाउने हाम्रो अभियान अनलाइन मिडियामा आज हुनुहुन्छ एक न प्रदेशका युवा नेता तथा पुर्व जनमुक्ति सेनाका सन्चार बिभाग प्रमुख प्रशान्त भण्डारी । उहाँ एक पुर्व जनमुक्ति सेनाको कमान्डर पनि हुनुहुन्छ र हाल प्रदेश कमिटिका चर्चित युवा नेतामा कार्यभार लिनुभएको छ।उहाँ सग गरिएका समसामयिक राजनैतिक कुराहरु जस्ताको तस्तै।
प्रशान्त जि आराम हुनुहुन्छ ?
हजुर म त भौतिक रुपले आरामै छु भन्नू पर्छ तर मानसिक रुपले थोरै बेचैन छु। किनकी अहिलेको सरकारको गणतन्त्र विरुद्ध को रबैया हेर्दा यस्तो लाग्छ कि लोकतान्त्रिक प्रणाली को जुङ्गा उखेल्ने अरु कोहि नभएर स्वयंम उसका जननी हरु हुन। र सत्तामा मावोबादी विरुद्ध आतंक छाएको देखिन्छ।
प्रसान्त जि अनि माओवादी त सकियो भन्छन नि ?
हामी निदाएका छैनौं नियाल्दै छौ माओबादी हिजो पनि आगो हो आज पनि आगो नै हो खरानी होइन। केही तत्व हरुलाइ लाग्दो हो मावोबादी सकियो निभ्यो। हामी तिनिहरुलाइ भन्न चाहान्छौ माओबादी तिमि र तिम्रो परिवार भित्र फैलिसकेको छ एकचोटि अन्याय त गरेर हेर तिम्रो महल कसरी एटम बनेर ध्वस्त हुन्छ।त्यसैले माओबादी ब्याक्ति र पार्टी मात्रै होइन एउटा असमानता बिचको बिद्रोह र बिचार हो।तिमिले चाहेर यसलाइ ध्वस्त गर्न त के छुन पनि सक्दैनौं बरु उल्टै खरानी हुनेछौ।
हो हामिलाइ था छ यहाँ सान्ती सम्जौता हुदा विन विन को सम्झौता अनुसार हामी सान्ती सम्झौता प्रक्रियामा आएका हौ यो नसम्झनु कि जनमुक्ति सेना विघटन भयो। हामि अहिले पनि नेतृत्व को निर्देसनलाइ फलो गरिरहेका छौ । बरु यहाँ राजनैतिक एजेन्डा लाई लिएर हेर्ने हो भने माओवादी सत प्रतिशत बिजयी देखिन्छ। माओवादी एजेन्डा गणतन्त्र ,सामाबेशिता,संघीयता,धर्म निरपेक्षता र हरेक नागरिकको सरकारमा पहुच पुग्ने जुन संविधान छ त्यो बिजयी माओवादी नै हो। अनि एक दुई वटा चुनाबी प्रक्रियामा तलमाथि हुदैमा माओवादी सकियो भन्न मिल्छ र ?
प्रशान्त जि माओवादी एजेन्डा त कार्यकारी रास्ट्रपति अनि जातीय पहिचान सहिताको राज्य पनि त थियो नि त्यो त हार्नुभो हैन ?
तपाइले गलत बोल्नुभो हामिले उपलब्धि को रक्षा गर्दै बाकी एजेन्डामा लड्ने निस्कर्स सहित प्रस्ट रुपले नोट अफ डिसेन्ट लेखेर अघि बडेका छौ जुन बेला आउदैछ कि देसले त्यो एजेन्डा खोजिरहेको छ। अब तपाईं आफै हेर्नुस् एक न प्रदेसमा पहिचानको लडाइ छ। दोश्रो कुरा देसको चरम लुट र भस्ट्रचारले प्रत्यक्ष निर्वाचित कार्यकारि खोजिरहेको छ। यहाँ अन्य दल नैतिकता को हिसाबले उनिहरुको एजेन्डा बिहिन अवस्था स्विकार्न नसकेको मात्रै हो ढिलो चाडो त्यो तपाइको प्रस्न हल हुनेवाला छ।कसैले नकारेर सुखै छैन।
प्रशान्त जि शान्ती प्रक्रिया सग सम्बन्धित धेरै कामहरु बाकी छन,तपाइहरुलाइ पासो थापे जस्तो लाग्दैन ?
हुन सक्छ उनिहरुका निम्ति पासो तर हाम्रा निम्ति हामी गम्भीर छौ। त्यो हाम्रो बेइमानी होइन उनिहरुको बेइमानी हो। हामी त चाहान्छौ शान्ति प्रक्रियासँग संबंधित सबै काम सकौ। जनतालाई राज्यसग जोडौ। परिवर्तन का निमित्त भएका कतिपय घटनामा दुइपक्षिय उल्लंघन लाई सम्बोधन गरौ। हामी त यहि चाहान्छौ तर अझै पनि यहाँ जनतालाइ गुम्राहामा राखेरर लुट्ने जुन सामन्ती परम्परा छ त्यो हाबी छ। तर माओवादी त्यो किमार्थ स्वीकार गर्दैन।
प्रशान्त जि एउटा कुरा नि गणतन्त्र हिजोको राजतन्त्र भन्दा खराब रहेछ। यहाँ त सबै राजा भए।हजार राजा पाल्नु भन्दा एक राजा नै ठिक थियो भन्ने जस्ता भ्रम हरु पो समाजमा पलाउन थाल्यो त यसले त गणतन्त्र नै धराप पार्दैन र ?
पहिलो कुरा राजतन्त्र र गणतन्त्र तुलना गर्नै मिल्दैन। कहाको चे ग्वेभरा कहाको हिटलर भने जस्तै हो।तर यहाँ केही तत्वहरु लोकतान्त्रिक बस्त्र भिरेर डाकु जस्तो आवरणमा गणतन्त्रको अपहरण गरेर आ आफ्नै स्वार्थमा प्रयोग गरिरहेका छन त्यो गलत छ। जनतालाइ जनताको ब्यवस्थाको फल केही राजनैतिक दलहरुले दिन मानिरहेका छैनन त्यो सत्य हो। जनताले यो कुरा बुजेका छन। तर गणतन्त्र र राजतन्त्र एउटै भन्ने जुन भास्य खडा गरिदैछ त्यो हुनै सक्दैन।
प्रशान्त जि तपाईं भोलिको एउटा जिम्मेवार नेता बन्दै हुनुहुन्छ गणतन्त्र लाई तपाइको बिचारमा कसरी जनताको पहुचमा पुराउन सकिन्छ।
पहिलो कुरा पार्टीगत निर्णय आफ्नो ठाउँमा छोडिदिउ तपाइले गरेको प्रस्नलाइ म ब्याक्तिगत वा एउटा युवाहरुको नेतृत्वगत हिसाबले मेरो ब्याक्तिगत बिचार राख्ने हो भने अब जुन तानाशाही कब्जामा रहेको सत्ता हामिले जनतामा ल्याउने जुन भुमिका खेल्यौ त्यो कता कता अपुग या राजनैतिक दलहरुले आफू अनुकुल चलाएर जनतालाइ बितरण नगरेको हो कि भन्ने आम जनगुनासो जुन देखिदै छ त्यसको एउटै मात्रै हल भनेको राज्य संचालित जुन प्रणाली छ त्यसलाई परिवर्तन गरेर जनताले आफ्नो कार्यकारी आफै चुन्ने प्रत्यक्ष ब्यवस्था ल्याउनु पर्छ।यसमा सायद लोकतान्त्रिक दलहरु अब माओवादी एजेन्डा हो भनेर भाग्न हुदैन।यो जनताले आफ्नो भबिस्य आफै कोर्ने अवसर पनि हो भन्ने लाग्छ।








