• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भ्रष्टाचार काण्डमा मुछिएका मोहनबहादुर बस्नेत खानेपानी आयोजना उद्धघाटन गर्न सिन्धुपाल्चोक

"भ्रष्टाचार काण्डमा मुछिएका मोहनबहादुर बस्नेत खानेपानी आयोजना उद्धघाटन गर्न सिन्धुपाल्चोक  "

  •    अभियान हाम्रो डट कम/ मङ्गलबार, जेठ ०७, २०८२  

  • निलम्बित सांसद मोहनबहादुर बस्नेतले एउटा कार्यक्रम उद्घाटन गर्न गुण्डाकै सहारा लिएका छन् । भ्रष्टाचार काण्डमा मुछिएका उनी आज एक हुल चुल्ठेमुन्द्रेलाई लिएर तामझामसहित खानेपानी आयोजना उद्धघाटन गर्न सिन्धुपाल्चोक पुगेका हुन् ।

    टेरामक्स उपकरण खरिद प्रकृयामा घोटाला गरेको आरोपसहित अख्तियारद्वारा अदालतमा मुद्दा दायर गरेपछि बस्नेतको सांसद पद पनि निलम्बनमा छ । भ्रष्टाचारको आरोपमा निलम्बित सांसदलाई प्रमुख अतिथि नबनाउन लिसंखुपाखर गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै  वडाअध्यक्ष एवम् स्थानीयलाई सहभागी नहुन उर्दी जारी पनि गर्‍यो । तर वडा अध्यक्ष काँग्रेसी भएका कारण उनलाई नै प्रमुख अतिथि बनाएर कार्यक्रम तय भयो ।

    सोहीअनुसार कार्यक्रममा सहभागी हुन पुगेका बस्नेतले लिसंखु गाउँपालिका-२ निगालेस्थित खानेपानी आयोजनाको उद्घाटन गरे । बस्नेतलाई लखेट्ने दाउमा रहेका माओवादी कार्यकर्ता चुल्ठेमुन्द्रेको संख्या धेरै देखेपछि कालो झण्डा पनि नदेखाई कार्यक्रमस्थलबाट ब्याक भएको बताइन्छ ।

    माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद माधव सापकोटाले विरोधको कुनै गतिविधि नगरी ब्याक हुन अनुरोध गरेपछि आफूहरु फर्केको वाइसिएल सिन्धुपाल्चोकले जनाएको छ ।

    भोलि सुनकोशी गाउँपालिका-२ ठोकर्पामा स्वास्थ्य चौकी भवन  उद्घाटनका लागि पनि उनै बस्नेतलाई प्रमुख अतिथि बनाइएको छ । सुनकोशी गाउँपालिका,एमाले र माआवादीले निलम्बित सांसदद्वारा सार्वजनिक सभासमारोहमा प्रमुख अतिथि बन्न र बनाउन नहुने जिकिर गर्दै रोक्न आग्रह गरे पनि कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको बताइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    ताजा अपडेट
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.