मेष : तपाईंले राम्रो काम गरे पनि अरुले नै जस लिने जोखिम रहेकाले सचेत बन्नुपर्नेछ । स्वदेशमै रोजगारीको अवसर प्राप्त हुने सम्भावना रहेको छ । शिक्षामा ढिलासुस्ती हुनेछ ।
वृष : भाग्य स्थानमा चन्द्रमा पुगेका छन् । तपाईंको मन उल्लासमय बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । साथीको सहयोगमा तपाईंको काम बन्नेछ ।
मिथुन : धार्मिक व्यक्तिसँगको भेटले मनमा नयाँ ऊर्जा थपिने छ । सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ ।
कर्कट : आफ्नै जालमा फस्दा पश्चाताप हुनेछ । शिक्षा क्षेत्रमा भने फाइदा हुनेछ । परिवारको दैनिकी सामान्य बन्नेछ ।
सिंह : मन शान्त बन्ने दिन छ । शनिको प्रकोप बढेको छ । तपाईंको काममा अवरोध आइपर्ने जोखिम छ ।
कन्या : परिवारको व्यवहारबाट खुशी मिल्नेछ । पूर्वको लामो यात्रामा नजानु उचित हुनेछ । प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।
तुला : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । तपाईंको मिहिनेतको उचित कदर हुनेछ । परिवारभित्रबाट भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन् ।
वृश्चिक : शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ । परिवारमा भने बौद्धिक टकराब हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।
धनु : लगानीको क्षेत्रमा सहकार्य गर्दा फाइदा हुनेछ । एकल लगानी नगर्नु उचित हु्न्छ । स्वास्थ्यमा सुधार हुनेछ ।
मकर : साथीसँग बोल्ने कलामा प्रगति हुनेछ । परिवारमा कर्तव्य मात्र गर्नु उचित हुनेछ । मिहिनेतको फल प्राप्त हुनेछ ।
कुम्भ : खर्च बढ्ने योग छ । स्वास्थ्यमा सुधार हुनेछ । गोप्य कुरा साथीलाई नभन्नु राम्रो हुन्छ ।
मीन : स्वास्थ्यमा भने सुधार हुने योग छ । बौद्धिक व्यक्तिसँग थोरै बोलेर अगाडि बढ्नुपर्ने समय छ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।
साभार








