• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पालिकाका प्रतिष्ठानसँग सहकार्य गर्न गण्डकी प्रज्ञा प्रतिष्ठानको अवलोकन भ्रमण


  •    अभियान हाम्रो डट कम / सोमबार, बैशाख ०१, २०८२  

  • पोखरा

    गण्डकी प्रज्ञा प्रतिष्ठानको टोलीले गण्डकी प्रदेशका विभिन्न पालिकामा रहेका प्रज्ञा प्रतिष्ठानको अवलोकन भ्रमण गरेको छ । प्रतिष्ठान मार्फत भइरहेका कामहरूमा एकरूपता ल्याउन, सहकार्य गर्न तथा अनुभव आदानप्रदान गर्नको लागि  अवलोकन भ्रमण सहितको भेटघाट कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताए । पालिकामा रहेका प्रतिष्ठानबीच कला, साहित्य र संस्कृतिको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले अवलोकन भ्रमण गरिएको उनको भनाइ थियो । यसले स्थानीय तहमा गठित प्रज्ञा प्रतिष्ठानलाई थप बलियो र गतिशील बनाउन आवश्यक सहकार्य गर्ने वातावरण निर्माण गरेको उनको भनाइ छ ।

    प्रतिष्ठानको टोली पुतलीबजार प्रज्ञा प्रतिष्ठानमा पुग्दा कुलपति विश्वप्रेम अधिकारीले प्रतिष्ठानको हालको अवस्था र गरिएका कार्यको बारेमा बताएका थिए । गण्डकी प्रज्ञा प्रतिष्ठानका अवलोकन टोली समक्ष कुलपति, उपकुलपतिका लागि आवश्यक कक्षहरू आवश्यकता परेको उनले सुनाए । प्रतिष्ठानको लागि बजेटको समेत अभाव रहेको उनको भनाइ थियो ।

    पहिलो वर्ष २ लाख बजेट छुट्याइएकोमा यो वर्ष ५ लाख रुपैयाँ बजेट रहेको नियमित गतिविधि गर्नको लागि त्यो पर्याप्त नभएको उनले उल्लेख गरे । राजनीतिक दलका प्रतिनिधिलाई प्रतिष्ठानमा प्रतिनिधित्व गराउनुभन्दा विधागत विज्ञलाई प्राज्ञ बनाउनुपर्नेमा उनले जोड दिए । भेटघाट कार्यक्रममा उपकुलपति दुर्गा बहादुर शाह बाबा, प्राज्ञ राजेन्द्र कुमार श्रेष्ठ, प्राज्ञ सम्झना थापा र प्राज्ञ हिमलाल पुरी सहभागी थिए ।

    गल्याङ प्रज्ञा प्रतिष्ठानमा प्रमुख संरक्षक समेत रहेका नगर प्रमुख गुरु प्रसाद भट्टराई, गल्याङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष चण्डिका प्रसाद भट्टराई लगायतले भएका गतिविधि र आगामी योजनाका बारेमा बताए । बजेट न्यून भएको र प्रतिष्ठानको लागि कार्यालय व्यवस्थापन हुन नसकेको अध्यक्ष भट्टराईले गुनासो गरे । नगर प्रमुख भट्टराईले प्रतिष्ठानलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । उनले छोटो समयमा भएका केही गतिविधि मार्फत आशा जागेको उल्लेख गरे ।

    छलफल तथा भेटघाट कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, प्राज्ञ सभा सदस्य डिल्लीराम भण्डारी, शिक्षा शाखा प्रमुख तथा प्रतिष्ठानका पदेन सदस्य हिमलाल भण्डारी लगायत सहभागी बनेका थिए ।

    गैडाकोट प्रज्ञा प्रतिष्ठानमा कुलपति गोविन्द राज विनोदी सहित पूर्व कुलपति तथा गैडाकोट नगरपालिकाका प्रमुख मदन भक्त अधिकारी, उपकुलपति भीम प्रसाद शर्मा, सङ्गीत विभाग प्रमुख अम्मर विरही गुरुङ, प्राज्ञ परिषद सदस्य गोविन्द कोइराला लगायतसँग अन्तरक्रिया सहितको भेटघाट कार्यक्रम गरियो ।

    अवलोकन भ्रमण र भेटघाट कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्ची, उपकुलपति गोरे गुरुङ, सदस्य सचिव मनकुमार श्रेष्ठ, प्राज्ञहरू कृष्ण प्रसाद पौडेल, डिलकुमारी पौडेल, छन्दिका त्रिपाठी, शंकर विरही गुरुङ, राजेन्द्र सापकोटा,राज बहादुर गुरुङ, सरला पाण्डे, गम बहादुर गुरुङ लगायत सहभागी थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.