• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आत्महत्या रोकथाम सामूहिक उत्तरदायित्व हो : मन्त्री थापा


  •    अभियान हाम्रो डट कम / शनिबार, चैत ३०, २०८१  

  • पोखरा ।
    गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आत्महत्या रोकथाम सामूहिक उत्तरदायित्व भएको बताएका छन् । मन्त्रालय र ‘कोशिश’ संस्थाको सहकार्यमा “आत्महत्या रोकथाम सम्बन्धी प्रदेशस्तरीय छलफल कार्यक्रम” मा बोल्दै उनले आत्महत्या रोकथामसँग सम्बन्धित नीति, कार्यक्रम तथा सेवाहरूको गहिरो समीक्षा गरिनुका साथै सुधारका पक्षहरू पहिचान गरिनुपर्ने उल्लेख गरे ।
    “आत्महत्या रोकथाम कुनै एक निकायको जिम्मेवारी मात्र होइन। सकारात्मक सोच, सहकार्य र समाधानमुखी पहलबाट मात्रै हामीले आत्महत्याका घटनालाई न्यूनीकरण गर्न सक्छौं।”, उनले भने ।
    मन्त्री थापाले आत्महत्या बढ्नुको प्रमुख कारणहरूमा असुरक्षित वैदेशिक रोजगारी, बेरोजगारी, आर्थिक कठिनाई, मानसिक स्वास्थ्य समस्या जस्ता विषयहरूलाई औंल्याए । उनका अनुसार यस्ता समस्याको समाधान सामूहिक प्रयासबाट मात्र सम्भव छ।
    विद्यालयमा मनोसामाजिक परामर्शदाताको व्यवस्था, युवाहरूलाई सीप विकास तालिममार्फत रोजगारीको अवसर, सचेतनामूलक कार्यक्रमहरूको विस्तार तथा मानसिक स्वास्थ्यको संरक्षणजस्ता गण्डकी प्रदेश सरकारको पहलहरूलाई थप प्रभावकारी बनाउन सबैको सहयोग अपरिहार्य रहेको उनले बताए ।
    “सबल प्रदेश, स्वस्थ नागरिक र समावेशी समाज निर्माण हाम्रो लक्ष्य हो ।”, उनले भने ।
    कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक महेन्द्र खड्काले गण्डकी प्रदेशमा आत्महत्याको अवस्थाका बारेमा चर्चा गरेका थिए भने गण्डकी प्रदेशको  सामाजिक विकास,युवा तथा खेलकुद मन्त्रालयकी उपसचिव मुना अधिकारीले आत्महत्या रोकथाम सम्बन्धी नीति, कार्यक्रम र यसको स्थितिका बारेमा जानकारी गराइन् । कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरूबीच भविष्यका लागि स्पष्ट कार्यदिशा तय गर्नेसम्बन्धी छलफलसमेत गरिएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.