यही चैत्र ५ मा हुने स्वतन्त्र विधार्थी युनियन को निर्वचनमा त्रिभुवन बिश्वबिध्यलय अन्तर्गतको आङिक क्याम्पस जनप्रिय बहुमुखी क्याम्पसमा भने अनौपचारिक रूपमा शंका उत्पन्न भएको छ।
चैत्र २ गते सम्म चुनाब को लागि तयारी गरिरहेका विभिन्न संगठन हरु आफ्नो तयारी गरिरहेका थिए।
निर्वाचन को माहोल नेपाल बिधार्थी संघको पक्षमा रहेको देखेपछि निर्वाचन आयोग माथी विभिन्न अनौपचारिक दवाव आएको कुरा ने वि संघ ले जानकारी गरायो।
बिधार्थी को हक हित बिपरित क्याम्पसमा चुनाब अन्योल अवस्थामा पारिएको कुरा थाहा पाएपछि ने. वि. संघ को तर्फ बाट अध्यक्ष पदको उम्मेद्वार रहेका निर्दोशले कुनै संगठन का आरजक तत्त्वका कारणले यदि कुनै हालतमा देशकै उत्कृष्ट शैक्षिक थलो जनप्रिय बहुमुखी क्याम्पस का बिधार्थीहरुले मतदान गर्न नपाएको खन्डमा कास्की जिल्लाभर सबै क्याम्पसहरुमा चुनाब हुन नदिने समेत कडा चेतावनी दिएका छन।
” यदि कुनै वाहनामा, कोहि नमान्दैमा मतदान रोकिन्छ भने हामी जुनसुकै हालतमा भए पनि अन्य क्याम्पसमा पनि चुनाब हुन कदापी दिने छैनौ यो हाम्रो चेतावनी हो “उनले भने ।








