• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपाल कम्युनिष्ट पार्टीको सल्यक्रिया। टुट,फुट गुटको रोगले ग्रस्त कम्युनिस्ट जीवन


  •    अभियान हाम्रो डट कम / शनिबार, पुष २७, २०८१  

  • कम्युनिस्ट पार्टी फुट,जुट र गुट हुँदै यो ८० बर्से इतिहासमा ८० टुक्रा नै बिभाजन हुनुका कारण बाहिरी र आन्तरिक दुबै देखिन्छन।कतिपय अवस्थामा बाहिरी कारण मजबुत देखिन्छ भने कतिपय अवस्थामा भित्री। २००६ साल वैशाख १० गते नेपालको पहिलो कम्युनिष्ट पार्टी भारतको कलकत्तामा गठन भयो।पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी कम्युनिष्ट पार्टीका संस्थापक थिए।५ जनाबाट सुरू भएको कम्युनिष्ट पार्टीमा धेरै जुट भन्दा फुटको इतिहास बन्यो।

    सैद्धान्तिक रुपले हेर्ने हो भने चीनलाई मान्ने कि रूसलाई मान्ने भनेर पनि बिभाजन हुन्थे। मुख्यत नेपालको सन्दर्भमा आन्दोलनले एक च्याप्टर पुरागरिसकेपछी र संघर्ष को एक शृङ्खला पार गरिसकेपछि कम्युनिस्ट हरु सैद्धान्तिक मतभेद बाटभन्दा अवसरबाद र निजीकरणको कारण धेरै बिभाजन भएको देखिन्छ ।नेपाली कम्युनिष्टहरूले साम्यवादमा विश्वास गर्ने गरे पनि उनिहरु आधी बाटो हिडिसकेपछी थाकेर निदाएको भेटिन्छ। त्यहिबाट एक अर्कोलाइ आरोप लगाउदै कोहि हिड्छन त कोहि निदाउछन। कोहि साम्यबाद को दुरि देखेर पछाडि नै फर्कन्छन।

    झन्डै ८० वर्षको इतिहासमा हिजो नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो। यो एकतासँगै विशाल एकीकृत कम्युनिष्ट पार्टी निर्माण पनि भएको थियो। तर यो एकता धेरै टिकेन ।यसै उदाहरण लाई लिने हो भने पनि यहाँ सैद्धान्तिक मतभेद भन्दा अवसरबाद प्रमुख देखिन्छ। साम्यवाद भन्दा निजीकरण बढी भेटिन्छ। यो रोग आन्तरिक कम्युनिस्ट पार्टीमा लागेको भयंकर रोग हो।

    कम्युनिस्ट पार्टी स्थापना भएको एक दशक नबित्दै फुटको शृंखला सुरु भएको थियो।स्थापनाको ४ वर्षपछि २०१० मा पार्टीको पहिलो महाधिवेशन भयो । महासचिवमा मनमोहन अधिकारी निर्वाचित भए। १४ सालको दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव बने। उनी सुरूदेखि नै राजालाई मानेर अघि बढ्नुपर्छ भन्नेमा थिए। उनकै कारण महेन्द्र राजा हुदा २०१७ सालपछि कम्युनिष्ट पार्टी पहिलो पटक विभाजन भयो। यहाँ पनि अवसर को लागि कम्युनिस्ट सिद्धान्त सामन्तबादको पाउमा बुझाएको भेटिन्छ।

    २०१७ साल पुष १ गते जब राजा महेन्द्रले शासनसत्ता हातमा लिएर निर्वाचित प्रधानमन्त्री विपि कोइरालालाई जेल हाले ।रायमाझीले त्यसको स्वागत गरे। पुष्पलाल, मोहनविक्रम सिंह , तुलसीलाल अमात्य र मनमोहन अधिकारी भने रायमाझिको विपक्षमा थिए। रायमाझि कालान्तरमा राजदरबार पसे। पुष्पलाल तुलसीलाल अमात्य, मोहनविक्रम सिंह र मनमोहन अधिकारीजस्ता नेताहरु पनि क्रमश: सैद्धान्तिक दृस्ठिकोणको फरक फरक बुझाइमा विभाजित हुन थाले।

    २०२३ सालसम्म कम्युनिष्ट पार्टी लगभग अवसानको संघारमा थियो। एकातिर पूर्व मेची कोसी प्रान्तीय कमिटी गठन भयो अर्कोतिर केशरजंगको समूह छुट्टियो। त्यसको एक वर्षपछि पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशन गराए। यो पनि २०२५ सालमै टुट्यो। यो पार्टीका प्रभावशाली नेताहरू तुलसीलाल अमात्य र पुष्पलाल पनि छुट्टिए।२०२८ सालमा नेपाल कम्युनिष्ट आन्दोलनका अर्का दुईवटा प्रष्ट लाइन देखा परे। झापा जिल्ला कमिटी र केन्द्रीय न्यूक्लियस। तर सस्थापक पुष्पलालको पार्टी यी दुबैमा थिएन।

    एउटाको नेतृत्व सिपी मैनालीले गरेका थिए जसले पञ्चायत फाल्न झापा विद्रोह चलाएका थिए। अर्कोको नेतृत्व मोहनविक्रम सिंहले गर्थे जसले पञ्चायतविरुद्धमात्र होइन भारतीय विस्तारवाद र सामन्तवादविरुद्ध पनि आन्दोलन गर्ने बिचार अघि सारेका थिए।यी दुई समूहबीच ध्रुवीकरण भयो। यो एकता ४८ वर्षसम्म रह्यो। २८ सालदेखि आजसम्म यी दुई समूह आन्तरिक रूपमा दर्जनौँ पटक फुट्दै जुट्दै छन।०२८ सालमा केपी शर्मा ओली झापाली समूहको सक्रिय यूवा नेता थिए।

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने त्यतिबेलाका यी दुबै धारमा थिएनन्। कम्युनिस्ट पार्टीका पुष्पलालसँग भने भेटघाट राम्रै थियो। पुष्पलालसँग दाहाल धेरै समय बसेनन्, मोहनविक्रम सिंहको चौंथो महाधिवेशनमा पसे। जहाँ सिंहबाहेक भक्तबहादुर श्रेष्ठ र निर्मल लामाजस्ता नेता थिए।२०३५ साल साउनमा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको निधन भयो।पुष्पलालको निधनअघि नै उनी निकट रहेका मदनभण्डारी,वामदेव गौतमजस्ता नेताहरूले छुट्टिएर मुक्ति मोर्चा समूह बनाइसकेका थिए।

    यता झापाको विद्रोही समूहले आफ्नो पार्टीलाई परिमार्जन गर्दै अखिल नेपाल कोअर्डिनेसन कमिटी बनाएको थियो।यी दुबै समूहमात्रै थिए, पार्टी बनिसकेका थिएनन्। दुबै समूह मिलेर २०३५ पुष ११ गते सिपी मैनालीको नेतृत्वमा नेकपा (माले) बनाए। त्यसैले एमालेको इतिहास झापा विद्रोह हुँदै ३५ सालको पार्टी निर्माणपछि सुरू हुन्छ।०३६ सालसम्म चुपचाप बसेका मनमोहन अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (मनमोहन) नामक आफ्नो छुट्टै पार्टी खोले।सुधारिएको पञ्चायत वा बहुदल रोज्न राजा वीरेन्द्रले गराएको जनमत संग्रहमा उनले बहुदलका पक्षमा चुनावमा भाग लिए। नेपाली कांग्रेसलाई साथ दिए।जनमत संग्रहमा नेकपा मालेले भने बहिष्कार गर्‍यो।

    यता पुष्पलालको निधनपछि उनको पार्टीलाई बलराम उपाध्याय र साहना प्रधानले चलाए। २०४३ सालमा मनमोहन अधिकारीको पार्टीसँग एकता भयो र नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) बन्यो।२०४६को आन्दोलनअघि पञ्चायतविरुद्ध लड्न मनमोहन नेतृत्वको मार्क्सवादी पार्टी र सिपी मैनालीको मालेसहित अन्य साना समूह मिलेर संयुक्त वाम मोर्चा बन्यो। जसले पछि नेपाली कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्यो। आन्दोलनमात्र गरेन साम्यवादको लक्ष्य छोडेर कांग्रेससँगै संसदीय व्यवस्थामा प्रतिस्पर्धा गर्न उत्रियो।

    जनआन्दोलनले पञ्चायती शासनको अन्त्य गरेपछि मनमोहन र सिपी मैनालीको पार्टीबीच एकता भयो। एकतापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) बन्यो। महासचिवमा मदन भण्डारी छानिए।यो पार्टीले बहुदलीय व्यवस्थामा चुनावी प्रतिस्पर्धा गरी समाजवादतर्फ जाने नयाँ सिद्धान्त बनायो।२०५० जेठ ३ गते मदन भण्डारीको निधन भयो। त्यसपछि माधवकुमार नेपाल महासचिव बने।भारतसँग गरेको महाकाली सन्धिलाई लिएर पार्टीभित्र तीव्र मतभेत चल्यो। माधवकुमार नेपाल र केपी ओली यो सम्झौताको पक्षमा थिए भने वामदेव गौतम विपक्षमा। अन्तत: एमाले २०५४ सालमा बामदेबले पार्टी फुटाए। नेकपा माले खोले। वामदेवसँग सिपी मैनाली पनि थिए।पाँच वर्षपछि गौतम एमालेमै फर्किए। मैनालीको सानो समूह छुट्टै बस्यो।

    चौंथो महाधिवेशनदेखि माओवादीसम्म आउदा मोहनविक्रम सिंहको चौंथो महाधिवेशनले २०३६ सालको जनमत संग्रहलाई बहिष्कार गर्‍यो। राजाले गराएको जनमत संग्रहलाई लिएर पार्टीभित्र मतभेद सुरू भयो।निर्मल लामाहरूले जनमत संग्रहलाई उपयोग गर्नुपर्छ भन्ने विचार राख्थे। मोहनविक्रमले भने हुन्न भनेर दिएनन्।२०४० सालमा निर्मल लामा समूहले पार्टी फुटायो र नेकपा (चौम) भन्ने नयाँ दल बनायो। मोहनविक्रमको समूहले आफ्नो पार्टीको नाम नेकपा मसाल राख्यो। मोहनविक्रमलाई महामन्त्री छान्यो।

    नेकपा मसालको पाँचौं महाधिवेशन पनि जुट्नेभन्दा फुट्ने कारण बन्यो। महाधिवेशनको बहुमतले महामन्त्री सिंहको राजनीतिक लाइन पास गर्‍यो तर उनलाई भने यौनदुराचारको आरोप लगाएर कारबाही गरियो।प्रचण्डले मोहनविक्रममा सैद्धान्तिक विचलन रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसपछि मशालबीच फुटको श्रृङ्खला सुरु भयो। अरू मिल्ने र फुट्ने गरे पनि सिंह र प्रचण्डको कहिल्यै मेल भएन।२०४१ सालमा भएको पाँचौं महाधिवेशनबाट महामन्त्रीमा मोहन वैद्य निर्वाचित भए।

    महाधिवेशन सकिएको केही समय नबित्दै श्रीलंकाको तमिल विद्रोहलाई समर्थन गर्ने कि विरोध भन्ने विषयमा मतभेद सुरू भयो।आफूलाई कारबाही गरेको वर्षदिनपछि मोहनविक्रमले चित्रबहादुर केसीसहित ४ जना केन्द्रीय सदस्य लिएर नयाँ पार्टी बनाए- नेकपा मसाल।वैद्य नेतृत्वको पार्टीको नाम नेकपा मशाल राखियो। पातलो मसाल र मोटो मशालमा उनीहरू विभाजित भए।२०४५ सालमा नेकपा मशालले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई महामन्त्री बनायो र माओवादलाई पार्टीको प्रमुख सिद्धान्त मान्ने निर्णय गर्‍यो।

    फुट्दै मिल्दै गरे पनि २०४६ सालको आन्दोलनमा उनीहरू मदन भण्डारी र मनमोहन अधिकारीको संयुक्त वाम मोर्चामा गएनन्।चौंथो महाधिवेशनमा सँगै भएकाहरू नै मिले।नेकपा(मशाल), नेकपा(मसाल), सर्वहारा श्रमिक संगठन (नेपाल मजदुर किसान पार्टी), नेकपा(चौम) लगायत मिलेर संयुक्त जनआन्दोलन संयोजन समिति बनाए।बहुदलपछि प्रचण्डको पार्टी मशाल, निर्मल लामाको पार्टी नेकपा चौम, सर्वहारावादी श्रमिक संगठन र रूपलाल विश्वकर्माको समूह मिलेर नेकपा (एकता केन्द्र) राखियो। मोहनविक्रमको पार्टीबाट बाबुराम भट्टराई पनि यही पार्टीमा आए।

    एकताको दुई वर्षमै नयाँ पार्टीमा फेरि सशस्त्र युद्धको विषयलाई लिएर फेरि मतभेद सुरू भयो। निर्मल लामाहरूले एकता केन्द्र छोडे। २०५१ मा निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन,लिलामणि पोख्रेलहरु मिलेर छुट्टै ने.क.पा.(एकताकेन्द्र) गठन गरे।प्रचण्ड नेतृत्वको एकता केन्द्रले नाम फेर्‍यो, नेकपा माओवादी राख्यो। नाम मात्रै फेरेन उसले १० वर्ष माओवादी जनयुद्ध सञ्चालन गर्ने नीति लिएर जनयुद्ध नै गर्‍यो।

    २०५९ सालमा मोहनविक्रम सिंह नेतृत्वको मसाल र नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रबीच एकता भयो। यो पार्टीभित्र फेरि माओवादीलाई हेर्ने दृष्टीकोणमा मतभेद सुरु भयो। २०६३ सालमा उनीहरु फेरि फुटे।२०२८ सालमा छुटिएका दुई कम्युनिष्ट धारहरू २०४६ सालमा झन् टाढिएका थिए। एउटा धारको मूल पार्टी एमालेले संसदीय व्यवस्था रोजेको थियो भने अर्को धारको मूल पार्टी माओवादीले सशस्त्र युद्ध रोजेको थियो।अरू स साना कम्युनिष्ट पार्टीहरू पनि फुट्दैजुट्दै संसदीय अभ्यास गरिरहेका थिए।

    २०६२/०६३ को जनआन्दोलन र जनयुद्ध पछि देसले अर्को च्याप्टर संघीय लोकतान्त्रिक गणतन्त्र मा प्रवेश गर्यो। माओवादी पनि एमाले र कांग्रेससँगै लोकतान्त्रिक गणतन्त्र हुँदै संसदीय व्यवस्थामा आइपुग्यो। २०६४ को पहिलो संविधान सभा चुनाव लड्यो। यसबीच नारायणकाजी श्रेष्ठको एकता केन्द्र माओवादीमा मिल्न आयो। मोहन वैद्य र नेत्रविक्रम चन्द फुटेर दुईटा छुट्टाछुट्टै पार्टी खोले। बाबुराम भट्टराईले कम्युनिष्ट आन्दोलन नै छोडे। उनी नयाँ शक्ति नेपाल पार्टीका संयोजक बनेका छन्।

    माओवादी संसदीय व्यवस्थामा आएको पनि बर्सौ भएको छ। यो पार्टी पनि अब लगभग संसदीय ब्यवस्थाकै तर मार्दै साम्यवाद को बाटो भुल्ने हो कि समाजबाद हुँदै अघि बड्ने नीति लिन्छ हेर्न बाकी छ। यश पार्टीमा पनि संघर्ष अवधिमा बैचारिक एकरूपता देखिएपनी पुजिबादी फ्रेमको संसदीय ब्यवस्थामा आइपुग्दा सम्म यहाँ भित्र पनि ब्याक्ति नै पिछे गुट र बाहिय शक्ति को चरम घुसपैठका कारण पार्टी भित्र अवसरबाद को ठूलो पङ्गती देखिने गरेको छ।अन्ततः यसले जन्माउने फुट नै हो। यश अवस्थामा अहिलेका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी लाई कसरी फुटबाट बचाउदै साम्यवाद को बाटोमा हिडाउछन अगामी दिनले तय गर्ने नै छ।

    अन्त्यमा, बिसेसतह कम्युनिस्ट पार्टीहरु जब जब संघर्षबाट बिमुख हुँदै जादा फुटको संघारमा पुग्ने गरेका छन। अत नेकपा माओवादीले पनि सहि कार्यदिशा लिन नसके पार्टी फुट हुन बाट बचाउन मुस्किल देखिन्छ। भलै अहिले को केन्द्रिय समितिले पारित गरेका एजेन्डा प्रत्यक्ष निर्वाचित कार्यकारी रास्ट्रपति र पुर्णसमानुपातिक निर्वाचन प्रणालीले केही हद सम्म मुर्छित पार्टिलाइ अक्सिजन लगाउने कार्य भने गरेको देखिन्छ। बाकी अगामी दिनले माओवादी पार्टी आर्यघाट पुग्ला कि समाजबाद तय गर्ने नै छ। त्यो पर्खाइको अन्तिम अवधी ८४ को आम निर्वाचन नै हुने देखिन्छ।

    एस पि रेग्मी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.