आफ्नो बस्त्र सर्वाङ्ग भएपछी माफियाहरु यतिबेला प्रचण्डको दौरा तानेर लाज ढाक्न ब्यस्त छन। ता कि प्रचण्डलाई पनि नाङ्गै बनाउन सकियोस।हाती र हात्ती छाप चप्पल उस्तै उस्तै हो भनेर ब्यापारिले ग्राहक झुक्काए जस्तै बजारमा यतिबेला राजनैतिक माफियाको एउटा गिरोह नै जनता झुक्याउने खेलमा सङ्गठित रुपले लागेको छ।यो बिसय नौलो भने होइन। माफिया हरुको बिसेसता नै हो।
ब्यवस्था परिवर्तन को मुल भुमिकामा रहेको नेकपा माओबादी केन्द्र र उक्त पार्टीका अध्यक्ष माथी यतिबेला नियोजित ढङ्गले त्यो गिरोह सेरा दरबारको हिलो बोकेर घुमिरहेका छन। तर अचम्म कहानेर छ भने त्यो सेरा दरबारमा न कतै प्रचण्ड भेटिन्छन न कतै देखिन्छन।
यहाँ मुख्य बिसय अर्कै देखिन्छ।जब माओवादी र अध्यक्ष प्रचण्डले गम्भीर आत्मसमिक्षा गर्दै ब्यवस्था परिवर्तन गर्दा पनि किन जनतालाई राज्यबाट उन्नत डेलिभरी दिन सकिएन।किन जनताका असन्तुष्ट स्वरहरु सडकमा देखिए भनेर अभिभावकको भुमिकामा प्रधानमन्त्री भएकै बेलामा गम्भीरतापुर्वक लिएर अनुसन्धान गरे । अनुसन्धान गर्दा भस्ट्रचार र सुसासन नै समृद्धि का बाधक हुन भन्ने तथ्य फेला पारेर अबका दस बर्स आफ्नो जीवन सुसासन र भस्ट्रचार बिरोधि क्रान्तिका लागि समर्पण गर्ने पार्टीगत निर्णय गरेर सुसासनको क्रान्तिमा होमिए।
सुसासनको क्रान्तिमा बाधक जो कोहि आएपनी नछाड्ने त्यसमा प्रचण्ड नै आएपनी नछोड्नु भनी राज्य सम्यन्त्रलाइ निर्देसन नै दिए। कयौं आफ्नै पार्टीका नेता कार्यकर्ता लाई जेल पनि कोचे। जब जब सुसासन क्रान्तिको डन्डा चल्दै गयो त्यसमा अधिकाम्स भस्ट्रचार काङ्ग्रेस एमालेका नेता कार्यकर्ता र तिनका नेतृत्व हरुको अनुहार देखिन थाल्यो। तिनिहरुमा एकप्रकारको भय र त्रास पैदा भएर आफुले चलाइरहेको सरकार र सत्तामा भुइचालो नै गयो र सरकारबाट बाहिरिनुपर्यो।
तर पनि प्रचण्ड र रबिलामिछाने सरकारले सुसासनको क्रान्ति जनता बिचबाट गर्ने निर्णयमा कहि कतै सम्झौता गरेनन। प्रचण्ड जनतामा गएर माफियाराजको भन्डाफोर गरि नै रहे। यसै बिचमा रबि लामिछाने राजनैतिक प्रतिसोधकै कारण माफियाहरुले हिरासतमा पुराएका छन भने प्रचण्ड माथी नियोजित तवरबाट हिलो छ्यापेर हात्ती र हात्ती छाप उस्तै उस्तै हो भनेर जनतामा भ्रमको खेती छरिरहेका छन।
एक पछि अर्को गर्दै जनतालाई भ्रमको पर्दा लगाएर उक्त पर्दा भित्र आफ्नो माफियागिरिको साम्राज्य बिस्तार गर्न माफिया हरु आज मात्रै होइन हिजो पनि क्यान्टोनमेन्टका कुराको बखेडा निकाल्ने गर्दथे।जुन कुराको पुष्टि र तथ्य नै भेटिदैन। तत्कालीन सरकारका तर्फबाट सान्ती मन्त्रालय बाट डाइरेक्ट लडाकुको खातामा भरण पोसण भनेर दिइएको थियो।उक्त रकममा प्रचण्ड सम्लग्नता कसरी हुन्छ ? हास्यास्पद कुरा।
अहिले त्यसरिनै अर्को कान्ड अगाडि सारेर प्रचण्ड लाई पनि हिलो लगाएर जनताको नजरमा सबै एउटै हुन भन्ने भ्रम शृजना गर्नको निमित्त माफिया हरु लागिपरेका छन। प्रचण्डको कहि कतै सम्लग्न नभएको सेरा दरबार नामको हिलो बोकेर माफिया हरु दगुरेको कारण आफ्नो कालो साम्राज्यको बचाउ हो भन्ने बिसय स्पस्ट नै छ।
जब प्रचण्डले मेचीदेखि महाकाली हुदै सुसासन को क्रान्ति अभियान लिएर झापा को एक कार्यक्रममा हज्जारौं एमाले काङ्ग्रेस कार्यकर्तालाई पार्टी प्रवेश गराए। उक्त कार्यक्रम मा प्रचण्डले सबै भस्ट्रचारका फाइल खोल्ने उदघोस गरे। त्यति मात्रै नभएर भस्ट्रचार र तिनका संरक्षक माफिया हरु जनतालाइ स्पष्ट चिनाए त्यहाबाट प्रत्याक्रमण सुरु भएको कुरा घाम जत्तिकै छर्लङ्ग छ। नेपाली जनताले यस्ता तथ्यहिन माफियाका भ्रमित खुराकबाट जोगिन जरुरी छ।
अन्त्यमा ,अहिलेको मुख्य समस्या भस्ट्रचार हो भन्ने कुरा आम जनतालाइ सुसूचित गर्दै माओबादीले निकट दिनमा अभियान नै लिएर जाने पार्टीगत निर्णय गरिसकेको छ। अत: अहिले नेपाली जनताले जहाँ जुन पार्टीमा भए पनि वा जस्तो सुकै अवस्थामा रहेपनी यश सुसासन र भस्ट्रचार बिरोधि क्रान्तिमा सामेल भै माफियाराजको अन्त गर्दै नेपाली जनताको समृद्धि को सपना पूरा गर्नु आजको आवस्यकता हो।
लेखक १ न प्रदेसका युवा नेता डम्बर पुलामी मगर ( कर्म )








