• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आइटिएफ टेनिस जे३० पोखरा सर्किट–२ ः आरब र शिवाली सिंगल्सतर्फ सेमीफाइनलमा


  •    अभियान हाम्रो डट कम / शुक्रबार, मङि्सर २८, २०८१  

  • पोखरा । आइटिएफ वल्र्ड टेनिस टुर जे३० पोखरा सर्किट–२ अन्तर्गत चौथो दिन सिंगल्सतर्फ क्वार्टरफाइनल र डबल्सतर्फ सेमीफाइनलका खेलहरु सम्पन्न भएका छन् ।

    कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा चौथो दिनको प्रतिस्पर्धाहरु निकै रोमञ्चपूर्ण रहे भने नेपाली खेलाडीहरुले केही खेलमा जित केही हार ब्यहोरे । प्रतियोगितामा सिंगल्सको खेलमा आरव सम्राट हाडा र शिवाली गुरुङले आफ्नो जितको लयलाई कायम गरे । ब्वाइज सिंगल्समा आरवले भारतका ओजस मेहलावतलाई ६–२, ७–५ ले जित निकाल्दै अन्तिम चारमा स्थान बनाउँदा गल्र्सतर्फ शिवालीले सर्किट १ को उपबिजेता रहेकी सुनिरा थापालाई ६–३, ६–४ को सोझो सेटमा हराउँदै प्रतियोगिताबाट बाहिरन बाध्य पारिन् । प्रतियोगितामा हार व्यहोरे पनि सुनिराले सबै दर्शकको मन भने जितिन् ।

    यता ब्वाइज सिंगल्सतर्फ नै अस्ट्रेलियाका प्रतीक नविनले चीनका हैनुओ गुऔ लाई ६–१, ६–३ ले पराजित गर्दै सर्किट १ को सेमीफाइनलमा पराजित भएको बदला लिएका छन् । प्रतिक सर्किट १ खेलको सेमीफाइनलमा हैनुओ संग पराजित भएका थिए ।

    यस्तै ब्वाइज डबल्सतर्फ चौथो दिन सम्पन्नसेमीफाइनलमा नेपाली प्रणव मानन्धर र राजबिर प्रधानको जोडी भारतिय जोडी आरव चावला र ओजस मेहलावत संग ६–२, ६–४ ले पराजित हुन पुगे । त्यस्तै भारतीय जोडी आदित्य मोर र अधिराज ठाकुरले आफ्नै देशका शोवर्य समला र प्रकाश सरणलाई ६–३, ६–३ ले तथा भारतीय जोडी आरव चावला र ओजस मेहलावतले नेपाली जोडी प्रणव मानन्धर र राज बिर प्रधानलाई ६–२, ६–४ ले पराजित गरे ।

    यस्तै गल्र्स सिंगल्समा भारतकी महिका खन्नाले चीनकी यीजिया झाओलाई ६–१, ६–३ ले पराजित गर्दै सेमीफाइनल यात्रा बनाउँदा मंगोलियाकी मार्टा छोग्सोमजाभले भारतकी अपरा खंडारेलाई ६–१, ६–० ले पराजित गरिन् । त्यस्तै अन्य एक खेलमा भारतकी अर्जन खोराकिवालालाई चीनकी तियानरान डोंगलाई ६–७(१), ६–२, ६–१ ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी दिए ।

    भोली हुने गल्र्स सिंगल्स सेमीफाइनलमा भारतकी महिकाले मंगोलियाकी मार्टा संग भेट पक्का गर्दा नेपालकी शिवालीले भारतकी अर्जन खोराकिवालाको सामना गर्ने भएकी छन् । त्यस्तै ब्वाइज सिंगल्सतर्फ चीनका हैनुओले भारतका आश्रब्य मेहरा संग भेट पक्का गर्दा अर्को सेमीफाइनलमा नेपाली खेलाडी आरवले अस्ट्रेलियाका नविन प्रतिकको सटिक प्रहारहरुको सामना गर्नेछन् ।

    यता गल्र्स सेमीफाइनलमा मार्टा छोग्सोमजाभ (मंगोलिया) र यीजिया झाओ (चीन)को जोडीले भारतीय जोडी एन्जल पटेल र सायेत वराडकरलाई ६–२, ६–३ ले तथा भारतीय जोडी दिशा बेहेरा र अर्जन खोराकिवालाले नेपालका े शिवाली गुरुङ र सुनिरा थापालाई प्रतिस्पर्धात्मक खेलमा ६–०, ६–७(४), (१०–५) ले पराजित गरी फाइनलमा स्थान बनाए ।

    यस्तै ब्वाइज डबल्सतर्फ भने भोली फाइनल खेल सञ्चालन हुने कास्की टेनिसका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए ।

    प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समुहमा हुने प्रतिष्पर्धाका बिजेताले समान ३० अंक, उपबिजेताले १८ अंक, सेमि फाईनलिष्टले ९ अंक, क्वाटर फाइनालिष्टले ५ र आर–१६ले २ अंक प्राप्त गर्नेछन् । .त्यस्तै डबल्समा विजेताले २५ अंक उपविजेताले १३ अंक, सेमि फाइनालिष्टले ६ अंक, क्वाटर फाइनालिष्टले ३ अंक प्राप्त गर्नेछन् ।

    सिंगल्सतर्फका फाइनल खेलहरु शनिबार मंसिर २९ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.