• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

यातायात कार्यालय कास्कीमा पनि छिट्टै टोकन सिस्टम


  •    अभियान हाम्रो डट कम/ शनिबार, मङि्सर २२, २०८१  

  • पोखरा,मंसिर

    यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा रहेका सवारीको अभिलेखसम्बन्धी ढड्डामा बिचौलियाको पहुँचको विषयमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले चासो राखेका छन् । शुक्रबार निरीक्षणको क्रममा कार्यालय पुगेका मन्त्री केसीले बिचौलियाले कार्यालयका फाइल भित्रै छिरेर हेर्ने गरेको गुनासो आफूसम्म आएको सुनाए । त्यसपछि उनले कार्यालयका निमित्त प्रमुख अशोक गौतमलाई सोधे – बाहिरको मान्छेले ढड्डा किन भित्रै पसेर हेर्छन् ? भोलि फाइल च्यातियो, फोटो हेरफेर भए कसले जिम्मा लिन्छ ? किन यस्तो पहुँच भयो ?

    निमित्त प्रमुख गौतमले आफूहरुकै निगरानीमा फाइल हेरिने गरेको जवाफ दिए । त्यसपछि मन्त्री केसीले प्रश्न गरे – कर्मचारीले सबै निगरानी गरेर भ्याउनुहुन्छ ? कार्यालय प्रमुख गौतमले सीसी क्यामेराबाट पनि निगरानी गर्ने गरेको दाबी गरे । त्यसपछि मन्त्री केसीले त्यसरी पहुँच दिँदा कुनै कमजोरी भए जिम्मा कसले लिने भनेर निमित्त प्रमुख गौतमलाई प्रश्न गरे । निमित्त प्रमुख गौतमले अबदेखि बाहिरी व्यक्तिलाई फाइल र ढड्डामा पहुँच नदिने बताए ।

    मन्त्री केसीले सेवा प्रवाहमा टोकन सिस्टम लागु भए÷नभएको विषयमा चासो राखे । टोकन सिस्टम लागु नभएको जानकारी पाएपछि मन्त्री केसीले टोकन सिस्टम तत्काल लागु गर्न निर्देशन दिए । ‘काठमा नम्बर खोपेर हुन्छ कि पेपरमा नम्बर लेखेर, कार्यालयको छाप हानेर हुन्छ तत्काल सुरु गर्नू,’ मन्त्री केसीले भने । निमित्त प्रमुख गौतमले आइतबारदेखि टोकन सिस्टम लागु गर्ने जवाफ दिए ।

    निमित्त प्रमुख गौतमले सडक एकतर्फी भएको हुँदा पार्किङ र आवतजावतमा समस्या भइरहेको मन्त्री केसीलाई जानकारी गराए । कार्यालय छेउमा रहेको पोखरा उपत्यका नगर विकास समितिको जग्गा भाडामा लिएर पार्किङ प्रयोजनमा प्रयोग गर्न सकिने विकल्प उनले देखाए । निमित्त प्रमुख गौतमले चालु आर्थिक वर्षको प्रथम चौमासिकसम्म ४३ करोड ११ लाख रुपैयाँ राजस्व संकलन भएको जानकारी मन्त्री केसीलाई गराए ।

    मन्त्री केसीले शुक्रबार नै यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्रको पनि निरीक्षण गरे । उनले कार्यालय प्रमुख मिलन केसीसँग कार्यालयको सेवा प्रवाह र समस्याबारे ब्रिफिङ लिए ।

    ब्रिफिङपछि मन्त्री केसीले ट्रायल परीक्षामा कुनै अनियमित गतिविधि हुन नदिन चनाखो रहन प्रमुख केसीलाई निर्देशन दिए । सेवा प्रवाहमा कुनै अनियमित गतिविधि भएको थाहा पाएमा कारबाही गर्ने चेतावनी दिए । उनले दुवै कार्यालय प्रमुखलाई कार्यालयले प्रदान गर्ने सेवामा कुनै गुनासो नआउने गरी काम गर्न निर्देशन दिए । मन्त्री केसीसँगै मन्त्रालयका सचिव कमलकुमार अधिकारी, यातायात महाशाखा प्रमुख अनिल सुवेदीलगायत पनि कार्यालय निरीक्षणमा पुगेका थिए ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.