आदरणीय भु पु माओबादी नेता तथा पुर्व प्रधानमन्त्री बाबुराम सर तपाईं अझै बैकल्पिक सक्त्ती भनेर भट्याउनु भन्दा पुरानै घर फर्किनु उत्तम छ। तपाइको बैकल्पिक पार्टी ले उम्मेदवार त हरेक निर्वाचन क्षेत्रमा उठाएकै थियो त किन जम्मा १३ भोट मात्रै ल्यायो ?
यसरी नै प्रचण्ड र माओबादी केन्द्रलाई भट्याउदै दक्षिणा उठाउने जमर्को गर्ने हो भने ८४ मा तपाइको एक भोट पनि प्रचण्ड प्रचण्ड भन्दा भन्दै झुक्किएर त्यतै (माओवादी केन्द्र तिरै) पर्ला ।
बहुदलीय ब्यवस्थामा पार्टी फोरेर अर्को पार्टी जन्माउनु ठूलो कुरा होइन, ठूलो कुरा त्यो हो यत्रो बिरासत र बलिदानी द्वारा सिन्चित पार्टीलाई कसरी आम जनताको हितमा बनाउने मुख्य कुरा यो हो।
बाबुराम र प्रचण्ड एक ठाउँमा हुदा जनताले ठूलो आशा गरेका थिए। तर तपाइले चाहिने भन्दा बढी महत्वाकांक्षा बोक्दा आज न पार्टी बन्यो न तपाईं नै बन्न सक्नु भयो। आखिर जनताले दुख सिवाय के पाए ?
अर्को कुरा तपाईं हामी सबैको त्याग,बलिदान र समर्पण द्वारा निर्मित माओवादी केन्द्र पार्टी हो। फर्किन कुनै लाज मानिरहन पर्दैन। तर दोबाटोमा बसेर यहि पार्टी लाई सराप्दै भैलो खेल्दा दक्षिणा के पाइयो ? बरु उल्टै रातभरी भट्यायो बुढी जिउदै भने जस्तो पो देखियो त डा. साप।
अझै पनि ती अधुरा रहेका क्रान्तिका कार्यभार सुम्पन र तपाईं हामिले देखेका सपना पूरा गर्दै जनताको त्यो बिशाल आसा भरोसाको बिस्वास बचाइराख्न फुटेर भन्दा जुटेर सम्भव छ भन्ने कुरा तपाईं जत्तिको विद्वान,लोकले मानेको नेताले बुझ्न नसक्नु तपाईं हाम्रो लागि मात्रै होइन देसकै लागि दुर्भाग्य हो।
अन्त्यमा ,तपाईं हामी सबैको बिचार एजेन्डा र रणनीति फरक-फरक हुनसक्छन। ती एजेन्डा हरुलाइ एउटै आन्दोलन को एजेन्डामा समाहित गर्दै रास्ट्र निर्माण र बृहत् जनताको पक्षमा कसरी सुनिस्चित गर्न सकिन्छ भन्ने कुराको बहस अहिलेको आवस्यकता हो।नकि एक अर्कोलाइ आफ्नो महत्वाकांक्षा पूरा गर्नको निमित्त हतियार बनाउने।
८४ मा पुराना माओबादी घटक एक भएर यो अन्तिम विकल्प को रुपमा संसदीय मोर्चा लड्नु नै उत्तम होइन र ?
त्यस पश्चात् यश मोर्चा बाट पनि विकल्प ननिस्किए पुन अर्को मोर्चा को लागि तयारी हुनु क्रान्तिकारी हरुको मुख्य कार्यभार हो।
होइन यदि भने राजनिती बाट नै सन्यास लिएर गोर्खाको डाडाघर तिरै नाति खेलाएर बसे भै गो नि ! किन प्रचण्ड र माओबादी केन्द्रको नाम जपिरहन पर्यो र डा.साप ?








