• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कार्यालयका काम सेवाग्राही मैत्री बनाउनेतर्फ केन्द्रीत हुन शिक्षा मन्त्री भट्टराईको आग्रह


  •    राम्जी प्रसाद लम्साल / बुधबार, कार्तिक २१, २०८१  

  • कार्तिक २१ ,पोखरा

    शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री विद्या भट्टराईले सेवा ग्राही कार्यालयका काम सेवाग्राही मैत्री बनाउनेतर्फ केन्द्रीत हुन आग्रह गर्नुभएको छ।
    गृह जिल्ला कास्कीस्थित शिक्षा सम्बद्ध कार्यालयहरूको अबलोकनका क्रममा कार्यालय प्रमुख र कर्मचारीहरूसंगको अन्तरक्रीया कार्यक्रममा मन्त्री भट्टराईले स्रोत साधनलाई दोष दिएर सेवा प्रबाहमा ढिलासुस्ती हुन नहुने भन्दै हरेक सेवा प्रबाहमा संरचना बाधक भए तत्काल समय सापेक्ष बनाउनेतर्फ लाग्न आग्रह गर्नुभयो।
    राज्यका हरेक निकाय नागरिकका मौलिक हकहरूको संरक्षक समेत भएको हुँदा सबै निकाय इमान्दारीपूर्बक आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्न लागि पर्नुपर्ने मन्त्री भट्टराईको भनाइ थियो।
    प्रदेश र स्थानीय तह सहित संघ सरकारको समेत अपनत्व हुने गरी संरचना निर्माणका लागि मन्त्रालय लागि परेको भन्दै अब निजि र सरकारी शिक्षा भन्दा समग्र शिक्षा कस्तो बनाउने भन्नेतर्फ बहस केन्द्रित भएको भन्दै मन्त्री भट्टराईले छिट्टै जारी हुने शिक्षा ऎन मार्फत यसको सम्बोधन हुने जानकारी दिनुभयो ।
    शिक्षाको गुणस्तर बढाउन दक्ष र तालिम प्राप्त शिक्षकको महत्त्वपूर्ण भुमिका हुने हुँदा उनीहरुको क्षमता बिकासका काममा लाग्न कर्मचारीहरूलाइ निर्देशन दिनुभयो ।
    सो अबशरमा प्राबिधिक शिक्षाका शिक्षालयहरू थप ब्यबस्थित र प्रभाबकारी बनाउन प्रदेशस्तरबाटै मनिटरिङ गर्ने ब्यबस्था ब्यबहारिक र बैज्ञानिक हुने जिकिर गर्नुभयो ।

    अन्तर्क्रीया लगत्तै मन्त्री भट्टराईले कास्कीस्थित शिक्षा बिकास समन्वय इकाई , शिक्षा बिकास निर्देशनालय , प्रादेशिक परिक्षा बोर्ड लगायतका कार्यालयहरूको अबलोकन सहित सेवा प्रबाहको अबस्था सम्बन्धमा जानकारी लिनुभएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.