अस्ति भर्खरै गएको वर्षा ,बाढी-पहिरो, र त्यसले पुराएको क्ष्यती सग संबंधित रहेर हाम्रो अभियान डटकम ले लिएको परिवर्तनकारी सामाजिक कार्यकर्ता एस पि रेग्मी सर सगको छोटो कुराकानीको एक अंश ।
सम्बादाता – हजुर सर आरामै हुनुहुन्छ ?
एस पि रेग्मी – म त आरामै छु तर देस कता कता दुखेको आभास हुन्छ।
सम्बादाता – सर तपाइलाइ हामी राम्रो सग फलो गरिरहेका हुन्छौ। कहिले फुर्सद मिल्ला र संयोग बस कुरा गरौंला भन्ने थियो। अहिले बाढिपिटितको राहत बितरण गर्नुभएको रहेछ, यसरी सरकार उदासिन भै रहेको बेला एउटा अमुक ब्यक्ति वा सस्थाले मात्रै राहत दिन सक्ला ?
एस पि रेग्मी – सकिन्छ नै भन्ने त होइन तर प्रयास र प्राथामिक उपचार भन्छन नि। एउटा सर्पले टोकेको मानिसलाइ अस्पताल पुराउनु अघि टोकेको छेउमा बाधिन्छ नि त्यति मात्रै हो। देख्दा सानो काम तर समयमा गर्न सकियो भने बचाउन सकिन्छ।
सम्बादाता – एस पि जि यो काम त सरकारले गर्नु पर्ने होइन र ?
एस पि रेग्मी – सरकारले गर्नुपर्ने त हो तर कतिपय अवस्थामा वा सरकारले पनि नसकेको अवस्थामा हामी सबै नागरिकको कर्तव्य पनि हो भन्ने लाग्छ। यसपाली भने सरकार चुके कै देखियो, समग्रमा जनता घन्टौं जस्तापाता माथी बसेर जिबनको भिख मागिरहेका थिए तर सरकार भिजिबिलिटी छैन भनेर मस्त घरमा निदाएका कारण पनि हामी जुटेका हौं।
सम्बादाता – सधैभरी यसरी तपाइले सहयोग गर्न आर्थिक श्रोत कसरी जुटाउनु हुन्छ ?
एस पी रेग्मी – पहिलो कुरा त सहयोग स्वैच्छिक हुन्छ। त्यसमाथी यो मेरो ब्याक्तिगत सहयोग भन्दा पनि हाम्रो भनेर सम्बोधन गर्नु न्यायिक हुन्छ जस्तो लाग्छ। म मेरो भन्दापनी हाम्रो सन्जालको साथिहरु सबै मिलेर गर्ने हो। यसपालि पनि हामी केही साथिहरु मिलेर खाजा खर्च कटाएर सहयोग गरेका हौं। उहाहरु जो मेरो s.p. regmi नाम गरेको फेसबुक आइडी छ त्याहा जोडिनुभएका मेरा सहयोगी तमाम साथिहरु अत्यन्तै सहयोगी र रास्ट्रप्रती उत्तरदायी भुमिका निभाउने खालको हुनुहुन्छ। म त केवल माध्यम मात्रै हु, सबथोक त उहाँ हरु नै हो। यसपाली पनि हामी केही साथिहरु जस्तै क प्रसान्त भन्डारी, क राजु दर्नाल,ज्योति पाख्रीन, किराँती भिम,दिलिप बुढाथोकी , एल बि केशी किरण , प्रेम लामा तामाङ्ग,सोनम लामा तामाङ्ग,राजकुमार गुरुङ ,गेलेक ज्यादेन लामा तामाङ्ग,रितेस गुरुङ,मिलन तिमल्सिना ,सागर बयलकोटी,कृष्ण चौधरी,सत्य नारायण चौधरी,श्यामकुमार भन्डारी,सुर्य अधिकारी,डिल्लिराम पौडेल,बिरबहादुर थापा,दुर्गा शर्मा,चापागाईं टेकनाथ, नन्दराम लिम्बू,प्रकाश वाग्ले,बिस्णुदत जोशी,एन के गहतराज बिनय,तेजेन्द्र सुनार,बिस्णु सापकोटा,उत्तम कुलुङ्ग,कृष्ण प्रसाद पुडासैनी लगायत मिलेर गरेका हौं।
सम्बादाता – यसपाली बाढिपिडितलाइ सहयोग गर्नु भएको रहेछ, पुर्वबाट आएर यत्ति टाढा का जनतालाइ लत्ताकपडा ब्लाङ्गकेट खाद्यान्न लगायतका सामाग्री बितरण गरेको देखियो। त्यहा स्थानीय सरकार जनप्रतिनिधि रहेन छन ?
एसपी रेग्मी – सर्बप्रथम त म के भन्छु भने पुर्व पश्चिम जहाँ दुखेपनी मन दुख्यो भने हामी सच्चा नेपाली हौं। मन दुख्यो हामिले उपस्थिति जनायौ। दोश्रो कुरा स्थानिय जनप्रतिनिधि सरकारको जहाँ सम्म कुरा गर्नुभयो। हामीले उहाहरुको अनुरोध बाट नै था पाएका हौं। के नाम गरेको एकजना माओवादी पार्टीका जुझारु नेता हुनुहुन्छ नि ! ए ! ए ! राजन दाहाल। उहाँ निर्वाचित प्रतिनिधि सभा सदस्य ( सांसद) पनि हुनुहुदो रहेछ। उहाँ आफै महिनौ सम्म जनताको घर,बाटो, र क्ष्यतिग्रस्त सम्रचना बनाउन लागिपरेको देख्दा र उहाले गर्दागर्दै पनि सम्पुर्ण जनतालाइ हातेमालो गरौं भनेर आवहान गर्दा हामी पनि दुखमा एक साथ उभिएको हो।
सम्बादाता – अन्त्यमा सरकार,सुभचिन्तक वा अन्य भन्न मन लागेको र हामिले सोध्न बिर्सेका केही कुरा छन भने भन्न सक्नुहुन्छ।
एस पि रेग्मी – त्यति धेरै त केही कुरा छुटेजस्तो लाग्दैन। फेरिपनी सरकारको ध्यानाकर्षण गर्दछु कि जनताको दुखमा भिजिबिलिटी छैन भनेर अलपत्र छोडेर भाग्नु भन्दा जनता सग हातेमालो गर्दै समस्याको समाधान खोज्न तिर लागोस भन्न चाहान्छु साथै सम्पुर्ण सहयोगी आम साथिहरुलाइ हातेमालो गरिदिनुभएकोमा धन्यवाद र आउदै गरेको सुभदिपावलिको उपलक्ष्यमा आम देसबासी र बिदेसमा रहनुभएका नेपालिहरुमा दिपावलिको धेरै धेरै सुभकामना भन्न चाहान्छु।








