रामेछाप
रामेछाप खाडादेबी गाउपालिका वड़ा -३ भीरपानी नेकपा एमाले द्वारा निर्बाचित वड़ा अध्यक्ष पुस्कर कुमार कार्की ले आफ्नै पार्टीको पालिका प्रमुख ज्ञान कुमार श्रेष्ठ लाइ हिटलर शैलीमा पालिका चलाएको आरोप लगायको छन् ।
प्रतिपक्षलाइ पनि साथमा लियर अगाडी बढ्ने अब्बल क्षेमता भयको कार्की ले जनताको मूल मर्म राम्रो सघ बुज्ने भयकोलेनै फेरी पनि भिरपानिको जनताले अमुल्य मत दियर आफ्नो दोस्रो कार्यकाल दोर्याउन सफल भयको थियो । राम्रो लाइ राम्रो नराम्रो लाइ नराम्रो भन्ने हक्की स्वोभाब भयको कार्की स्वोयम आफ्नो पार्टी को पालिकाप्रमुख ज्ञान कुमार श्रेष्ठ प्रति लक्षित आफ्नो फेसबुक वालमा एसरी लेख्छन जस्ताको तस्तै साभार गरियको छ ।
” विवेक हराएको सरकार ब्यक्तिगत मोजमस्ती र स्वार्थमा रुमलिदा पीडितको आखामा आशु मात्र “

२०८१आश्विन १०-१२ गते आएको अविरल बर्षाले क्षेतिग्रस्त घरबिनहरुका लागी ३न वडाले मिति २०८१/०६/१३ गते बसेको आकस्मिक वडा समितिको बैठकले विकल्प घर नभएका लागि रु ५०हजार र अन्य क्षेत्रहरूका लागि रु १० हजारका दरले दिने गरि वडाको योजना रकमन्तार गरि गरेको निर्णय गापा अध्यक्ष ज्ञान कुमार श्रेष्ठका कारण बिलम्ब भइरहेको छ नत गापाको बिपतबाट दिइन्छ नत वडाबाट रकमन्तार गरेको दिइन्छ अहिलेको बिपत अध्यक्षको प्राथमिकतामा पर्न सकेन ।बरु अध्यक्ष चढने गाडी रु ६५लाखलाई बढाएर रु १० लाख रकमन्तार गरि ७५ लाख गाडी चढने निर्णय अध्यक्ष ज्ञान कुमारको प्राथमिकता परेकोमा खेद प्रकट गर्दछु ।साथै पीडितले पाउने सेवामा प्राथमिकता दिनुपर्ने हो कि अध्यक्ष ले गाडी चड्नु कुनलाई बढी प्राथमिकता दिनुपर्ने हो अब तपाईहरुको अमुल्य सुझाव दिनु होला । नागरिकको अन्य काममा पनि यस्तै समस्याले सताइरहेको छ । बास्तवमा साच्चिकै खाँडादेवीका नागरिक अब सधै मुकदर्शक भै रहने हो? के देशमा संघीयता आएको यस्तै कार्यका लागी हो ? ती बिचरा पीडितलाई नत दशै आको न गाको भाछ अब तिहार नजीकै आको छ त्यो पनि उहाँहरुका लागी त्यति चासो छैन मात्र घरका लागी स्थानीय सरकारले के दिन्छ मात्र पर्खाइमा छन हामीले सिफारिस गरेम तर हि..ट ..र. को आखामा ……
तेस्तै सोहि पोस्ट मा धेरै नकारत्मक कमेन्टहरु प्रस्तुत भयका छन्








