• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

के गर्दैछ समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ?

"के गर्दैछ समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ?  "

  •    अभियान हाम्रो डट कम/ मङ्गलबार, कार्तिक १३, २०८१  

  • गत असार १० मा कार्यालय स्थापना गरेर काम थालेको उक्त समितिले गत साउनबाट मात्र औपचारिक रूपमा काम थालेको थियो । १४ जना कर्मचारीको दरबन्दी कायम गरी काम सुरु गरेको समितिले हाल समस्याग्रस्त घोषणा गरिएको सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको व्यवस्थापनको काम गरिरहेको हो ।

    आइतबारमात्र प्रदेश सरकारले काठमाडौँको कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ । सो सहकारीको विषयमा पनि उक्त कार्यालयले छानबिन गरी व्यवस्थापनको प्रक्रिया अघि बढाउने छ ।

    सिभिलको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेको प्रतिवेदनका आधारमा बचतकर्ताको अध्यावधिक गर्ने काम अघि बढाएको छ ।

    समितिका सदस्यसचिव महेश आचार्यका अनुसार कार्यालयले ३५ दिने सूचना जारी गरेर बचतकर्ताको अध्यावधिक गर्ने काम गरिरहेको छ ।

    समितिले गत असोज २२ मा बचतकर्तालाई सम्पर्कमा आउन ३५ दिने सूचना जारी गरेको उनले बताए । उक्त सूचनाका आधारमा बचतकर्ताहरू प्रमाणसहित रकम फिर्ताको मागदाबी गर्न समितिको सम्पर्कमा आइरहेको उनको भनाइ छ ।

    समितिका सदस्य यतिराज सापकोटाका अनुसार ३५ दिने सूचनाका आधारमा हालसम्म एक हजार बचतकर्ताले प्रमाणसहित रकम फिर्ताका लागि मागदाबी गरेका छन् । २ हजार ५०० भन्दाबढी सदस्य रहेको सिभिलका एक हजार सदस्यले ५ अर्ब रुपैयाँभन्दा बढीको मागदाबी गरेको उनले बताए ।

    सबै सदस्यले मागदाबी पेस गर्दा सिभिलको करिब ८ अर्ब रुपैयाँको दायित्व देखिन सक्ने अनुमान रहेको सापकोटाको भनाइ छ ।

    ऋणी खोज्न दूरसञ्चारलाई पत्राचार

    समस्याग्रस्त घोषित सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लि.का ऋणीहरूलाई ऋण तिर्न आउने बारेको ३५ दिने सूचना जारी गरिएको थियो । प्रदेश सहकारी ऐन २०७६ को दफा ८१ बमोजिम समितिले गत साउन ७ मा उक्त सूचना प्रकाशन गरेको थियो ।

    संस्थाबाट उपभोग गरेको ऋण कर्जा रकमको सावाँ ब्याज ३५ दिनभित्र समितिको बैंक खातामा जम्मा गरी कर्जा राफसाफ गर्न सूचना जारी गरे पनि समय सीमाभित्र ऋणीहरूले खासै चासो व्यक्त गरेनन् ।

    समितिका सदस्य सापकोटाका अनुसार सूचना प्रकान गरेदेखि हालसम्म ऋणीहरू सम्पर्कमा आएका छैनन् । एकाध समस्यामा परेका र साना ऋणीले बाधा फुकाउन समितिमा सम्पर्क गरेको उनले बताए । ऋणीहरू सम्पर्कमा नआएपछि समितिले सहकारीको बचत तथा ऋण प्रवहसम्बन्धी सफ्टवेयरको खोजी गरेको उनले बताए ।

    सो सफ्टवेयर पनि फेला नपरेपछि सीआईबीको प्रतिवेदनको आधारमा प्राप्त ऋणीको नामावली र सम्पर्क नम्बर अनुसार तीन पुस्ते विवरण निकाल्न दूरसञ्चारलाई पत्राचार गरिएको सदस्य सापकोटाले बताए । समितिको पत्राचार अनुसार दूरसञ्चारले ऋणीहरूको नामावली र सम्पर्क नम्बर अनुसार तीन पुस्ते विवरण तयार गरिरहेको उनको भनाइ छ ।

    समितिको खातामा ५८ लाख रुपैयाँ जम्मा

    समितिले ऋणी खोज्ने क्रममा साना तथा सामान्य रकमका लागि धरौटी राखेका ऋणीहरूबाट ५८ लाख रुपैयाँ सङ्कलन गरेको छ । समितिले ऋण लिएर बसेका तर, ऋण तिर्न अन्योल भएर बसेका ऋणीहरूबाट सो रकम जम्मा गरेको हो ।

    सदस्य सापकोटाका अनुसार हालसम्म करिब १० जना साना तथा सामान्य रकमका लागि धरौटी राखेका व्यक्तिहरूले समितिको खातामा रकम जम्मा गरेर कर्जा चुक्ता गरेका हुन् । सहकारीबाट ऋण लिएका एक व्यक्तिले समितिको खातामा रकम जम्मा गरेर आफूले राखेको धरौटी बापतको जग्गासमेत फुकुवा गरेको सदस्य सापकोटाले बताए ।

    सहकारीबाट ऋण लिएका ठुला ऋणीहरू सम्पर्कमा नआएको उनले बताए । समितिले थप प्रमाण र सहजीकरणका लागि विशेष अदालत र काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको मुद्दाको फाइलसमेत माग गरेको छ । दुवै अदालतलाई पत्राचार गरेर समितिले ऋणी तथा बचतकर्ता र सहकारीको सम्पत्तिका विषयमा अध्ययन गरिरहेको उनले बताए ।

    समिति नै समस्यामा

    सहकारी समस्या हल गर्न गठित समिति नै समस्यामा देखिएको छ । गत पुसमा गठन भएको उक्त समितिले अझै पूर्णता पाइसकेको छैन । समितिमा ६ सदस्य रहने व्यवस्था छ । तर, हाल ३ जनामात्र सदस्य नियुक्त भएका छन् ।

    विशेषगरी विज्ञका रूपमा रहने २ र अर्का एक सदस्य नियुक्त हुन बाँकी छ । समितिमा गत पुस २२ गते बसेको मन्त्रिपरिषद बैठकबाट प्रदेश सहकारी ऐन २०७६ को दफा ८२ को १ बमोजिम समिति गठन गरी ३ जना सदस्य नियुक्त गरिएको थियो । जसमा काठमाडौँका प्रशान्त अधिकारी र यज्ञनाथ दाहाल, मकवानपुरका यतिराज सापकोटा छन् । समितिको नेतृत्व अधिकारीले गरेका छन् ।

    समितिमा एक सीए (चार्टर्ड एकाउन्टेन्ट) र एक अर्थ विज्ञका रुपमा बैंकिङ क्षेत्रका व्यक्ति नियुक्त गर्नुपर्ने हुन्छ । तर, प्रदेश सरकारले विज्ञका रूपमा रहेका २ सदस्य अझै नियुक्त गर्न सकेको छैन । जसका कारण समितिलाई काम अघि बढाउन कठिनाइ भएको छ ।

    यता समितिको कार्यालयमा कानुन अधिकृतको दरबन्दी रिक्त छ । कानुनी विषयहरूमा अन्य कार्यालय र निकायसँग समन्वय गर्न पनि समितिलाई कठिनाइ भइरहेको छ । समितिमा १४ जनाको दरबन्दी रहेकोमा हाल कार्यालय   सहयोगीसहित ६ जना मात्र कार्यरत छन् । समितिमा कानुन अधिकृत नहुँदा कानुनी विषयहरूको विश्लेषण र आवश्यक राय लेख्न पनि समितिलाई कठिन भइरहेको छ ।साभार रातोपाटि

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.