• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

माछापुच्छ्रे टी–२० क्रिकेट लिगमा आर.के.भिक्टोरियन र स्लामिक कंक्रर्स विजयी


  •    अभियान हाम्रो डट कम/ शुक्रबार, असोज १८, २०८१  

  • असोज १८,पोखरा

    माछापुच्छ्रे  क्रिकेट क्लवको आयोजनामा लेखनाथमा जारी  माछापुच्छ्रे टि –२० क्रिकेट लिग अन्तर्गत शुक्रबारको खेलमा आर.के.भिक्टोरिय र स्लामिक कंक्रर्स विजयी भएका छन् । पहिलो खेलमा आर.के.भिक्टोरियनले लेखनाथ बुमर्समाथि ६ रनको रोमाञ्चक जित हाँसिल गरेको हो । टस जितेको लेखनाथले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको भिक्टोरियनले १४.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८८ रनको योगफल तयार पारेको थियो । आर.के. भिक्टोरियनका ब्याटरहरु सुदिप पौडेलले २४ बलमा ३ चौका प्रहार गर्दै २३ रन जोडे । विश्वास पराजुलीले १८ तथा कप्तान कविन सापकोटाले ११ रन हाने ।

    लेखनाथका बलरहरु साजन क्षेत्री र विसाल पौडेलले समान ३ विकेट लिए । सत्कार चालिसेले २ तथा लक्ष्मण थापा क्षेत्री र कप्तान प्रदीप तामाङले १÷१ विकेट लिए । जितका लागि ८९ रनको लक्ष्य पछ्याउने क्रममा लेखनाथ बुमर्सले १६ ओभरमा ८ विकेट गुमाएर ८२ रन बनायो । लेखनाथको तर्फबाट राजु छन्त्यालले सर्वाधिक २२ रन जोडे । विसाल पौडेलले अविजित ११ रन बनाए ।

    आर.के.भिक्टोरियका बलरहरु विश्वास पराजुलिले ३, अलिक श्रेष्ठले २ तथा कविन सापकोटा र रितेस बरालले १÷१ विकेट लिए । खेलमा आर.के.भिक्टोरियका विश्वास पराजुली प्लेयर अफ द म्याच भए ।

    शुक्रबारको अर्को खेलमा इस्लामिक कंक्रर्सले एभरेष्ट क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको एभरेष्टले १९ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय १५ रन बनाएको थियो । एभरेष्टको तर्फबाट विक्की शर्मा र दीपक माझीले समान १६ रन जोडे ।

    इस्लामिकका बलर जस्मिन थापाले ३ तथा रोशन कँडेल र पुस्कल पौडेलले दुई दुई विकेट लिए । जितका लागि १ सय १६ रनको लक्ष्य पछ्याएको इस्लामिक कंक्रर्सले १७.४ ओभरमा ५ विकेट गुमाएर जित हासिल गर्यो । इस्लामिकको तर्फबाट प्लेयर अफ द म्याच विजय विश्वकर्माले १८ बलमा अविजित ३० रन हाने । पुष्कल पौडेलले २४ र अनिष जिसीले २१ रन जोडेका थिए । एभरेष्टका बलर नियाज अहमद र अजयरामले दुई दुई विकेट लिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.