• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

ढिकालेथर सेवा समिति, पोखरा १२ को अध्यक्षमा पुनः गुप्तबहादुर कार्की निर्वाचित


  •    अभियान हाम्रो डट कम/ शुक्रबार, असोज १८, २०८१  

  • पोखरा १८ असोज

       ढिकालेथर सेवा समिति, पोखरा १२ को अध्यक्षमा पुनः गुप्तबहादुर कार्की निर्वाचित भएका छन् । समितिको १६औं वार्षिक साधारणसभा तथा ७औं अधिवेशनले कार्कीको अध्यक्षतामा सात सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
        समितिको उपाध्यक्षमा ध्रुब कुमार श्रेष्ठ, सचिवमा रोशनप्रसाद श्रेष्ठ तथा कोषाध्यक्षमा गोकर्ण रेग्मी छानिएका हुन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा रामचन्द्र अधिकारी, सञ्जय आचार्य, महिला सदस्य चन्द्रा आचार्य चुनिएका छन् । समितिमा निवर्तमान अध्यक्ष पदेन रहने व्यवस्था छ । निर्वाचन समितिमा ज्ञानबहादुर कार्को संयोजक, सूर्यप्रसाद आचार्य र केशरीरमण न्यौपाने सदस्य थिए ।
           अधिवेशनको उद्घघाटन गर्दै पोखरा महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष सन्तोष बाँस्तोलाले ढिकालेथर सेवा समितिको काम गराई तथा समाज निर्माण गर्ने गतिविधि सर्हानिय रहेको‌ बताए। ‘समिति मार्फत गरिने हरेक विकास निर्माणका कार्यहरूमा वडा कार्यालयको पूर्ण साथ सहयोग रहने‌ भन्दै अध्यक्ष बास्तोलाले समितिको समाज घरको मर्मत,पूनर्निर्माण तथा भवनलाई आधुनिकिकरण गर्न वडाले आवश्यक बजेट विनियोजन गरेर काम शुरु गर्ने प्रतिबद्धता व्यक्त गरे।
      सो अवसरमा पत्रकारिता मार्फत समाज परिवर्तनमा महत्वपूर्ण भुमिका खेलेको भन्दै पत्रकार श्रीराम सिग्देल तथा समितिमा महत्त्वपूर्ण योगदान दिदैं आउनु भएका समितिका निवर्तमान अध्यक्ष सूर्यबहादुर केसी र यो वर्ष समितिमा आजिवन सदस्यता प्राप्त गर्ने  सदस्यहरुलाई पनि सम्मान गरिएको थियो।

        समितिका अध्यक्ष गुप्तबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष कार्कीले वार्षिक प्रतिवेदन , सचिव रोशनप्रसाद श्रेष्ठले सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष जगन्नाथ आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । २०६४ सालमा स्थापना भएको समितिमा हाल ८९ आजिवन सदस्यहरु आवद्ध रहेको  सचिव रोशनप्रसाद श्रेष्ठले जानकारी दिए ।
       कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव श्रीराम सिग्देल, निवर्तमान अध्यक्ष सूर्यवहादुर केसी, सल्लाहकार बलबहादुर कार्की, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश प्रमुख अर्जुन ज्ञवाली, शिक्षाविद् केशरीरमण न्योपाने, सामुदायिक प्रहरी सेवा माटेपानीका अध्यक्ष धर्मराज आचार्य, ढिकालेथर भद्रकाली टोलबिकाश संस्थाका अध्यक्ष कुश्मराज आचार्य, सत्य हरिशचन्द्र शिर्जनशिल मञ्चका अध्यक्ष ऋषवदेव बास्तोला, समितिका आजिवन सदस्य चन्द्रा आचार्य लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए। समितिका उपाध्यक्ष ध्रुव कुमर श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सचिव रोशनप्रसाद श्रेष्ठले सञ्चालन गरेका थिए।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.