• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

शिक्षा मन्त्रालयद्वारा शैक्षिक परामर्श सेवा  प्रदायक संस्थासँग  अन्तरक्रिया


  •    राम्जी प्रसाद लम्साल / बुधबार, असोज १६, २०८१  

  • १६ असोज २०८१

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा  प्रदायक संस्थाका प्रतिनिधिमूलक संस्थासँग   अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

    कार्यक्रममा मन्त्री बिद्या भट्टराईले  स्वीकृति प्राप्त शैक्षिक परामर्श सेवा प्रदायक संस्थाका सम्पूर्ण शैक्षिक गतिविधि र आर्थिक हरहिसाब पारदर्शी  गर्दै उक्त क्षेत्रलाइ ब्यस्थित बनाउन छलफल आयोजना भएको बताउनुभयो ।

    मन्त्री भट्टराईले शैक्षिक परामर्शले बिद्यार्थिहरूको भबिष्यको खाका मात्रै नकोरी समग्र देशको बिकासमा प्रत्यक्ष सरोकार राख्ने हुँदा गम्भीर ढंगले आफ्ना गतिविधि र क्रियाकलाप संचालन गर्न सरोकारवाला संस्थाहरूलाइ आग्रह गर्नुभयो ।

    परामर्श उत्कृष्ट हुँदा देशले आबश्यकता अनुसारको दक्ष जनशक्ति प्राप्त गर्ने हुँदा  परामर्शदाताहरूले उचित नीति नियमको पालना सहित उत्कृष्ट नागरिक उत्पादनमा सरकारसंग मजबुत सहकार्य गर्न आग्रह गर्दै समन्वय र सहजीकरणमा सरकार कटिबद्ध भएको बताउनुभयो ।

    शैक्षिक परामर्श सेवाको क्षेत्रमा आगामी दिनमा गरिनुपर्ने नीतिगत तथा सबै तहका सरकारहरूबिच समन्वयगत सुधारका विषयमा सबै पक्षको सहभागिता रहने गरी आबश्यकता अनुसार  छलफललाई निरन्तरता दिने विषयमा  पनि छलफल भएको छ ।

    छलफलमा विशेष गरी हाल मन्त्रालयको सूचना बमोजिम नवीकरणमा आबद्ध भएका संस्थाहरुको नवीकरण प्रक्रियालाई छिटो टुङ्याउने र अनुगमन तथा नियमनलाई तालिकाबद्ध रूपमा निरन्तरता दिने निर्णय भएको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ।

    कार्यक्रममा २०७५ साउन १४ अगावै स्वीकृति प्राप्त शैक्षिक परामर्श सेवा  प्रदायक संस्थाहरूका प्रतिनिधिमूलक संघहरूका अध्यक्षहरू र प्रतिनिधिहरू सहभागी थिए।

    मन्त्रालयका अनुसार २०७५ अगावै मन्त्रालयबाट स्वीकृति प्राप्त संस्था  हाल  १४७३ रहेका छन् । २०८१ असार १६ गतेको सूचना र म्याद थप गरिएको सूचनाअनुसार नवीकरणका लागि वेब एप्लिकेसनमा आबद्ध भएका एप्लिकेसन लिङ्क प्राप्त सङ्ख्या ९२६, अन्तिम रुजु सकिएका सङ्ख्या  ४१०, राजस्वलगायत कागजात अपुग सङ्ख्या  २७४, अपुग कागजात तथा राजस्व थप गरी  अपलोड गराएका सङ्ख्या २३, कागजात पेश  नगर्नेको  सङ्ख्या ५८, र कागजातसहित विवरण पेस गर्ने कुल शैक्षिक परामर्श प्रदायक संस्था ८२८ रहेका छन् ।

    यसअघि सो मन्त्रालयले शैक्षिक परामर्शका विषयमा हुने शैक्षिक मेला आयोजनालाई थप व्यवस्थित बनाउँदै नेपालकै विश्वविद्यालयहरूबाट प्रदान गरिने शैक्षिक कार्यक्रमलाई सँगै जोड्दै लगिने गरी सार्वजनिक सूचना समेत जारी गरेको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.