• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रिन्जे नाँसामा घरवास प्रबद्र्धन


  •    अभियान हाम्रो डट कम / शनिबार, असोज १२, २०८१  

  • पोखरा,  असोज । ४५ औं विश्व पर्यटन दिवसको पूर्व सन्ध्यामा गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशले पोखरा १६ स्थित पर्यटकीय गाउँ रिन्जे नाँसामा घरवास प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश तथा पोखरा महानगरपालिकाको सहयोग एवम् पोखरा पर्यटन परिषद्को समन्वय गरेको कार्यक्रमको नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको थियो ।
    कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष तथा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले नेपाल गाउँ नै गाउँले भरिएको देश भएको कारण हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने उद्घोषलाई साकार पार्न सरोकार सबै लाग्नुुपर्नेमा जोड दिनुुभयो ।
    भिटोफ गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले हरेक गाउँ पर्यटकीय ठाउँ भन्ने नाराका साथ गण्डकी प्रदेशका पर्यटकीय गाउँहरूको प्रवद्र्धन गरिरहेको मञ्चले विश्व पर्यटन दिवसका अवसरमा रिन्जे नाँसालाई रोजिएको बताउनुुभयो ।
    रिन्जे नाशा सामुदायिक होमस्टेका अध्यक्ष शमशेर गुरुङले रमणीय परिवेशको सुन्दर गाउँ भएर पनि वस्ती सुन्य बन्दै गएको अवस्थालाई दृष्टिगत गरी रिन्जे जाशामा घरवास कार्यक्रम सुरु गरिएको बताउनुुभयो ।
    भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाको अध्यक्षता एवम् सचिव लक्ष्मण पहारीले सञ्चालन गर्नुुभएको कार्यक्रममा पोखरा महानगरपालिका पर्यटन बिकास समिति उपाध्यक्ष रबिन्द्रराज पौडेल, पोखरा महानगरपालिका शहरी विकास पर्यटन तथा वातावरण महाशाखा प्रमुख विमल रन्जन कार्की, पश्चिमाञ्चल होटल संघका उपाध्यक्ष गणेशराज पहारी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल, एनटिभिए गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजंग गुरुङ, हाइकर्स क्लब नेपालका अध्यक्ष कृष्ण रानाभाट, भिटोफ गण्डकीका सचिव लक्ष्मण पहारी, सदस्य भावना रानाभाट लगायतले सुन्दर गाउँहरूलाई पर्यटनसँग जोड्न सकेमा त्यहाँको विकाससँगै आर्थिक समृद्धि हासिल हुनेमा जोड दिनुुभयो ।
    ढुुङ्गाले छाएका प्राचीन मौलिकताले सजिएका घरसँगै गाउँ, टोलको बाटो ढुङ्गैढुङ्गाले छपक्कै छापिएको रिन्जे नाँसाबाट आसपासका क्षेत्रमा देखिने दृश्यले जो कोही लोभिने गरेका छन् ।
    पर्यटन राजधानी पोखरा पेरीफेरीमा रहेको पोखरा महानगरपालिका वडा नं १६ स्थित रिन्जे नाशा गाउँ यतिखेर घरवास पर्यटनको पुुग्नैपर्ने गन्तव्यका रुपमा विकास हुँदै गएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.