नेविसंघ कास्कीका कार्यवाहक सभापती चुमान गुरुङले एक कार्यक्रम बिच पृथ्वीनारायण क्याम्पस पोखराको नेविसंघमा सभापति बिवेक तिमिल्सिनलाई मनोनयन गरेका छन ।
कास्कीको पोखरा महानगर पालिका वडा नं २४ निवासी सभापति तिमल्सिना सानैदेखि विद्रोही स्वभावका थिए । समाजसेवी गर्न रुचाउने उनि विद्यार्थी राजनीति सँगै नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय उनी सहयोगी एवं परोपकारी स्वभावका उनी सालिन, भद्र व्यक्तिका रूपमा चिनिन्छिन् । संगठन विभाग प्रमुख हुँदै सभापति बनेका तिमिल्सिना ले आफुले पाएको जिम्मेवारी कुशलता का साथ समाल्दै सधै बिधार्थि का मुद्दालाई अगाडि बडाउदै सम्पूर्ण बिधार्थिका हकहितमा काम गर्ने छन भन्ने विश्वास लिई सभापति जस्तो जिम्मेवारी प्रदान गरेको कार्यवहाक सभापति गुरुङले बताए ।
विद्यार्थी आन्दोलनको औचित्यलाई प्रमाणित गर्ने चुनौतीको सामना गर्न आफु तयार रहेको बताउँदै आफ्नो नेतृत्वमा नेविसंघ पृथ्वीनारायण क्याम्पसले थप सफलता प्राप्त गर्ने प्रतिबद्दता समेत सभापति बिवेक तिमिल्सिना ले व्यक्त गरे ।
अजय क्षेत्री








