• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रथम पर्वतीय दौडमा ३ राष्ट्रका १०४ धावक


  •    अभियान हाम्रो डट कम / शुक्रबार, असोज ११, २०८१  

  • पोखरा, असोज ।

    ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथका पोखरा क्लिक अनलाइन संचारमाध्यमद्वारा आयोजित प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१ को तयारी पूरा भएको छ ।

    यही असोज १२ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुने दौड प्रतियोगितामा ३ देश (नेपाल, बेलायत र ब्राजिल) ७१ पुरुष र ३३ महिला धावक गरी १०४ जनाले भाग लिँदैछन् । तीमध्ये सबैभन्दा ज्येष्ठ ५५ वर्षीय पुरुष र ९ वर्षीय बालकले समेत छन् ।

    बिहीबार पत्रकार सम्मेलनमा पोखरा क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले छोटो तयारीबीच आयोजित प्रतियोगितामा सबै जनाको साथ र सहयोगप्रति खुसी व्यक्त गरे ।

    विश्व शान्ति स्तुपदेखि सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा वडा २२ कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुंगिने ८ किमी उक्त दौड प्रतियोगितामा खुला, महिला, पोखरा २२ वडास्तरीय र यू–१६ गरी ४ इभेन्ट समावेश गरिएको उनले बताए ।

    खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । महिला धावक र यू–१६ बालबालिका, पोखरा २२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद ७ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

    सो अवसरमा पर्यटन उद्यम र समाजसेवा क्षेत्रतर्फबाट विशेष योगदान पु¥याएकोमा समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र ब्रिटिस आर्मीका पूर्व लेफ्टिनेन्ट तथा मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई ‘पोखरा क्लिक विशिष्ट सम्मान’ गरिनेछ ।

    विश्व शान्ति दिवस एवं विश्व पर्यटन दिवस सन्दर्भमा आयोजित प्रतियोगितासँगै पर्यटनको राजधानी पोखराको वडा २२ का प्रमुख पर्यटकीय गन्तव्य विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति र बुद्ध पार्कको प्रचारप्रसार र पोखरा घुम्न आउने पर्यटकको एक दिन भए पनि बसाइँ लम्बिने आयोजकको विश्वास छ ।

    पत्रकार सम्मेलनमा पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले दौडका लागि ट्रयाक मर्मत गरिएको बताए । उनले आफ्नो गाउँठाउँमा पोखरा क्लिकले प्रतियोगिता आयोजना गरेकोमा आफ्नै ठानेर सहयोग गरिएको बताए । सो क्रममा नेपाल पत्रकार महासंघ गण्डकी महासचिव गोविन्द सुवेदी, पत्रकार महासंघ कास्कीका कावा अध्यक्ष रामप्रसाद तिमिल्सिना लगायतले बोलेका थिए ।

    पोखरा क्लिक अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको संचालन पत्रकार एवं साहित्यकार असफल गौतमले गरेका थिए । प्रतियोगिता सम्पन्न गर्न विभिन्न ९ उपसमिति गठन गरिएको छ ।

    प्रतियोगिताका लागि विभिन्न संघसंस्था तथा व्यक्ति विशेष सहयोग गरेका छन् । पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय गण्डकी प्रवद्र्धक रहेको उक्त कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा २२ वडा कार्यालय, पोखरा ३, वडा ६, वडा ८ र वडा १७ वडा कार्यालय, नेलम्बो नेपाल, नेपाल भूतपूर्व खेलाडी मञ्च, खाडेखोला मैत्रीय आमा समूह, अटो वेज प्रालि, वाई यूके सुपर मार्केट, एथ्लेटिक्स संघ गण्डकी, बुद्ध पार्क समिति, पुम्दीकोट माउण्टेन लज, विश्व शान्ति स्तुप समिति, पोखरा ८ वडा कार्यालय, सहारा क्लब पोखरा, पुम्दीकोट कोट विकास समिति, कर्माचार्य ग्रुप, युनाइटेड क्लब, परिचय एड्भरटाइजिङ, वल्र्ड भिजन, जिल्ला समन्वय समिति, बुम¥याङ रेष्टुरेण्ट, एस.के. साउण्ड एण्ड भिजन, खेलकुदकर्मी विश्व तण्डुकार, टान गण्डकी, पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, सिटिजन फर्निचर, हिमालयन कम्प्युटर, ग्लेज ड्रिकिङ वाटर, बराल पार्टी प्यालेस, प्रादेशिक क्रिकेट संघ गण्डकी, वुल्स मेन क्लब, सहास स्पोर्टस्, टाइगर ग्रुप अफ पोखरा, होटल वाराही, सेमियोग टुरिष्ट रिसोर्ट, युआरएल, लक्ष्मी हाउस, पुइमे फास्टफुड, लेकसाइड होटेलियर्स क्लब, होटल मुस्ताङ लेते एण्ड थकाली, पोखरा २२ वडा कार्यालय, फेवा टेलिभिजन, इजि ग्रप, मादि गाउँपालिका,साहस स्पोर्ट, रेवान पोखरा, हवाइ खेलकुद संस्था (ना), पोखरा पर्याटन परिषद् र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायतको सहयोग छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.