नेपाल देसमा भ्रष्टाचार रास्ट्रलाई प्रगतिपथमा उक्लिन नदिएको कुरा लगभग सबै नेपाली जनतालाइ थाहा छ तर यो कुराको जानकारी कमै मात्र लाई थाहा छ कि भ्रष्टाचार मुल जराको कनेक्टिङ पोइन्ट हिजोको सामन्ती सत्ता संग जोडिएको थियो।
हिजो राजतन्त्र हुदा बखत राजपरिवारका सदस्यलाई छानबिन हुन्न थियो। उनिहरुले जति नै क्विन्टल सुन ओसारपसार गरेपनी एयरपोर्टमा सुरक्षागार्डले सलाम गर्नुपर्थियो। त्यति बेला देखिनै सुन तस्करी हुने गरेको कुरा विभिन्न मिडियामा नआएका होइनन। तर त्यतिबेला देशको संविधान भन्दा राजा माथी हो भनेर राजपरिवार भित्रकोलाई चेक गरिदैन थियो। अब भन्नुस त्यो समयमा देशका पुरातात्त्विक बस्तु मुर्तिहरु कसले बिदेश पुरायो? छानबिन हुनुपर्छ कि पर्दैन ?
महाकाली सन्धि भएका असमान सम्झौता हरु कसको पालामा भए त्यसमा राजतन्त्र र दलहरु दोशी छन कि छैनन ? छानबिन हुनुपर्छ कि पर्दैन ?
दरबार हत्याकान्ड के जनताले गरेका हुन? तत्कालीन साहिसेना को घेरा भित्र रहेका बिरेन्द्रको बड्स सिध्याउन को को सम्लग्न थिए ? मदन भन्डारिलाइ कस्ले मार्यो ? ड्राइभर लामालाई कस्ले मार्यो ? अनुसन्धान हुनुपर्छ कि पर्दैन ?
यो देशका कलकारखाना कस्ले बेच्यो ? यो देशका ठुला ठुला अनियमितता र भ्रष्टाचारमा को को सम्लग्न छन छानबिन गर्नुपर्छ कि पर्दैन ?
यो देशमा सहकारी नीति ल्याएर जनताको पैसामा लक्जरियस लाइफ बिताउने माफिया हरु को को हुन? ल ठिक छ रबि पनि दोशी भए कारबाही जरुर गर्नुपर्छ तर अरु सहकारी अपराध लाई एउटा देखाएर अरुलाइ बचाउन पाइन्छ ?
गिरिबन्धु जग्गा प्रकरण लगायत पुर्व पश्चिम तिरका जग्गा घोटला, राज्यमा देखिएका घोटला हरु छानबिन गर्ने कि नगर्ने ?
जब जब प्रचण्ड नेतृत्व सरकारले छानबिन गर्न सुरुवात गर्यो त्यो बेला रबि गृहमन्त्री थिए रबिले साथ दिने भएपछी धमाधम भ्रष्टाचारहरु पक्राउ पर्न थालेपछी मेरो पनि पालो आउँछ भनेर रात पनि नभनी हातमा सुरुवाल बोकेर माफियाको घरमा दौडिएर सरकार ढाल्नेहरु को को हुन ? प्रस्ट छ जनतालाइ।
हिजोका सामन्ती भनिने दरबारिया हरु पनि बिरेन्द्रको हत्याकाण्ड मा कुनै न कुनै पटक पक्राउ पर्न सकिने भयले प्रचण्ड भेटेर प्रचण्ड बदनाम गराउने उदेश्य सहित दरबारिया रबिन्द्र प्रयोगमा आएको कुरा छर्लङ्ग छैन र ?
यतिबेला नेपाली जनता र सच्चा देशभक्त आम युवाहरु प्रचण्डले थालनी गरेको सुसासनको पक्ष मा देखिएका कारण यो देश लुट्ने हरु जो हिजोको दरबारिया र तिनको गोडामोलेर केही अंश खाएका अहिलेका दलहरु सबै मिलेर प्रचण्ड बदनाम गराउन रचिएको सडयन्त्र हो दरबारिया रबिन्द्र प्रचण्ड भेट भन्ने कुरा आम नेपाली जनताले बुझ्न जरुरी छ।
प्रचण्ड कमजोर बनाउन यहाँ ठूलो षड्यन्त्रका साथ डिजाइन गरेर दुर्गा प्रसाईं, रबि लामिछाने र बालेन हरु पक्राउ गर्न खोजिदैछ। यसको मतलब उनिहरुलाइ राम्रो था छ कि अहिलेको नया पुस्ता जो जनयुद्धद्वारा स्थापित संविधान को मर्म अनुसार काम गरिरहेका छन। यहि नेर प्रहार गर्न सकियो भने प्रचण्ड र संविधान कमजोर बनाएर सदैब नेपाली जनतालाइ लुट्न सकिन्छ, अनियमितता गरेर लुटको स्वर्ग फर्काउन सकिन्छ भनेर सबै माफिया हरु एकातिर गठबन्धन गरेकयि कुरा नेपाली जनताले सचेत भएर बुझ्न जरुरी छ।
संविधान संसोधन गरेर पुरानै सामन्ती ब्यवस्था तिर लानका निमित्त न्वारान देखिको बल लगाउन तम्तयार हुनुको पछिल्तिर को कारण यी र यस्तै हुन भन्ने कुरा जनताले बुझ्न जरुरी छ।
माओबादी अध्यक्ष प्रचण्डले नया जेनेरेसन गणतन्त्र का सुन्दर फुल हुन, रास्ट्रको भबिस्य हुन भन्दै गर्दा नया जेनेरेसनलाइ दिनदहाडै पक्राउ गर्ने, झुटा मुद्दा लगाउने र हतोत्साहित गर्ने डिजाइन पनि पुरानै लुटको स्वर्ग फर्काउने उदेश्य बाहेक अर्को के होला ?
अन्त्यमा सबै भन्दा मुख्य कुरा अहिलेको जुन माहोल रास्ट्रमा भ्रष्टाचार विरुद्ध तयार हुदैछ। त्यसको नेतृत्व अध्यक्ष प्रचण्डले लिने कुरा बारम्बार मिडियामा आएको र माफिया हरुको सातो उडेकै कारण यतिबेला माफिया हरुले मुख्य गरि दरबारिया कार्ड द्वारा प्रचण्ड बदनाम गराएर यश आन्दोलन लाई विघटन गराउने षड्यन्त्र हो भन्नेकुरा आम जनताले बुझ्न जरुरी छ ।








