• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

राष्ट्रिय बिज्ञान दिवस मनाइयो , बिज्ञान र प्रबिधिको अनुसन्धान र नवप्रबर्तनका लागि एक अर्बको विशेष कोष स्थापना गर्ने शिक्षा मन्त्री भट्टराईको उद्घोष


  •    राम्जी प्रसाद लम्साल / मङ्गलबार, असोज ०१, २०८१  

  • असोज १ काठमान्डौ

    नेपाल सरकार शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयको आयोजनामा १२ औँ राष्ट्रिय विज्ञान दिवस मनाइएको छ। कार्यक्रमको उद्घाटन गर्दै शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले वर्तमान युग विज्ञान प्रविधिको युग भएकाले युगको महिमा कायम गर्न नेपालका समस्त वैज्ञानिकले आधुनिक प्रविधि र रैथाने प्रविधिलाई एकसाथ प्रबर्द्धन गरी राष्ट्रिय उत्पादन बढाउनु तथा विद्यार्थीलगायत सबैमा डिजिटल साक्षरता विकास गर्नु आवश्यक भएको बताउनुभयो । उहाँले अनुसन्धानलाई उत्पादनसँग जोडी विज्ञान प्रविधिको माध्यमबाट दिगो पूर्वाधारको विकास गरेर विज्ञान प्रविधि तथा नवप्रवर्तनलाई समुदाय र समाजको अङ्ग बनाउन सके विज्ञान दिवस मनाउनुको सार्थकता पुष्टि हुने बताउनुभयो ।

    विज्ञान तथा प्रविधिको अनुसन्धान तथा नवप्रवर्तनका लागि विशेष कोषको स्थापना गरी सञ्चालन गर्न देशको बजेटको दुई प्रतिशत रकम छुट्याउने नीति रहेको चर्चा गर्दै वार्षिक पुँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान र विकासका लागि छुट्याएर रू एक अर्बको अनुसन्धान र विकास कोष स्थापना गरिने उल्लेख गर्नुभयो । अब विश्वविद्यालय एवम् निजी तथा सरकारी अनुसन्धान संस्थामा भएका अनुसन्धानका उपलब्धिलाई व्यवसायीकरणका लागि सहजता प्रदान गर्न तथा उद्योग र पूर्वाधार क्षेत्रमा रहेका समस्याको समाधानका विषयमा अनुसन्धान गर्न एकेडेमिया-निजी क्षेत्रको इन्टरफेसको रूपमा कार्य गर्न अनुरोध गर्दै मन्त्रीले भट्टराईले उदीयमान प्रविधिका रूपमा विकास भइरहेका Satellite, Information Communication, Robotics, Artificial Intelligence, एवम् Nuclear Technology जस्ता प्रविधिको समेत उपयोग गरी देशको सेवा प्रवाह, उत्पादन र उत्पादकत्वमा गुणात्मक वृद्धि गर्ने दिशामा केन्द्रित रहनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा युवा उद्यमी डा. प्रतिभा पाण्डे, शिक्षा सचिव डा. दिपक काफ्ले र विज्ञान सचिव विश्वबाबु पुडासैनीले पनि बोल्नुभएको थियो । समारोहमा विज्ञान प्रविधिका क्षेत्रमा उल्लेख्य योगदान विभिन्न क्षेत्रका महानुभावलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको उद्घाटन रोबोटिक प्रविधियुक्त इलेक्ट्रोनिक एपबाट पानसमा दियो बालेर गरिएको थियो । कार्यक्रममा विश्वविद्यालयका उपकुलपतिहरू, विभिन्न मन्त्रालय र आयोगका सचिव तथा अन्य कर्मचारीहरू,नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति, सचिव तथा अन्य कर्मचारीहरू,प्राध्यापक, अनुसन्धानकर्ता, विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाका प्रमुख एवम् प्रतिनिधि,युवा वैज्ञानिक, विद्यार्थी, पत्रकार लगायतको सहभागिता थियो ।

    यस वर्षको विज्ञान दिवसको आदर्श वाक्य “विज्ञान तथा प्रविधिः विकास र उत्पादन वृद्धि” रहेको छ। विज्ञान तथा प्रविधिको महत्त्वलाई आत्मसात गर्दै यस क्षेत्रमा भएका अध्ययन, अनुसन्धान र खोजमूलक विषयको प्रचार प्रसार गरी समुदायलाई सुसूचित गराउन र वैज्ञानिक तथा नव प्रतिभालाई प्रोत्साहन गर्न नेपाल सरकारले वि.सं. २०६९ सालदेखि राष्ट्रिय विज्ञान दिवस मनाउँदै आएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.