• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भोलि असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाइदै, मुल समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने


  •    राम्जी प्रसाद लम्साल / मङ्गलबार, असोज ०१, २०८१  

  • असोज १, काठमाडौ

    नेपाल सरकारले असोज २ गतेलाइ राष्ट्रिय शिक्षा दिवस बिबिध कार्यक्रम आयोजना गरेर मनाउने भएको छ। शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय स्रोतका अनुसार “ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता” भन्ने आदर्श वाक्यकासाथ साताभरि देशै भर सो दिवस मनाउन लागिएको हो। शिक्षा दिवसको मूल समारोह राष्ट्रिय प्राकृतिक संरक्षण कोषको सभाहलमा प्रधानमन्त्री के पि ओलिको प्रमुख उपस्थितिमा सैनिक जनसम्पर्क निर्देशनालय, भद्रकाली काठमाडौँको अडिटोरियम हलमा आयोजना हुने शिक्षा मन्त्रालय स्रोतले जनाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री माननीय विद्या भट्टराईको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समिति गठन भएको छ।

    दिवशलाई भव्य बनाउन राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी उपसमिति, कार्यक्रम व्यवस्थापन उपसमिति,शैक्षिक स्मारिका प्रकाशन उपसमिति, सांस्कृतिक कार्यक्रम उपसमिति, प्रचार प्रसार उपसमिति, समाज कल्याण शिक्षा पुरस्कार उपसमिति गठन भएका छन। राष्ट्रिय शिक्षा दिवस¸ २०८१ को अवसरमा उत्कृष्ट सार्वजनिक (सामुदायिक) तथा निजी लगानीका विद्यालय¸ प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका प्राविधिक शिक्षालय, विश्वविद्यालयका उत्कृष्ट क्याम्पस र सामाजिक संघसंस्थाहरूलाई राष्ट्रिय स्तरमा पुरस्कृत गरिने कार्यक्रम रहेको छ। उत्कृष्ट विद्यालयतर्फ राष्ट्रिय शिक्षा पुरस्कारतर्फ २०८० सालको कक्षा १२ को नतिजा मूल्याङ्कनका आधारमा सार्वजनिक र निजी लगानीका विद्यालय तर्फ राष्ट्रिय स्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई राष्ट्रिय सिल्ड, ध्वजा, क्रमशः रु तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार र प्रमाणपत्रसहित विद्यालयतर्फको राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ। प्राविधिक शिक्षालयतर्फ प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्‌बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्‌ले गरेको मूल्याङ्‌कन तथा सिफारिसको आधारमा विभिन्न चार वटा प्राविधिक शिक्षालयहरूलाई राष्ट्रिय ध्वजा र रू १,००,०००।– (एक लाख मात्र) नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने¸ उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कारतर्फ विश्वविद्यालय अन्तर्गत आङ्गिक¸ सम्बन्धन प्राप्त सामुदायिक र सम्बन्धन प्राप्त निजी क्याम्पस गरी तीन वटा क्याम्पसलाई रु दुईलाख पचास हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने उच्च शिक्षातर्फ नेपाल विद्याभूषण क २६४ जना, नेपाल विद्याभूषण ख ३५ जना, नेपाल विद्याभूषण ग २१ जना, नेपाल छात्रा विद्यापदक क १५ जनालाई प्रदान गरिनेछ ।

    समाज कल्याण शिक्षा पुरस्कारतर्फ सडक बालबालिका, एचआइभि एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पुर्‍याएका संस्थाहरूमध्ये स्वीकृत मापदण्डको आधारमा छनौट भएका दुई वटा संस्थालाई नगद पुरस्कार रु दुई दुई लाखसहित प्रशंसापत्र प्रदान गरिनेछ। त्यसैगरी मन्त्रालयको प्रेस नोटमा उल्लेख्य भए अनुसार शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएवापत राष्ट्रिय शिक्षा दिवस¸ २०८१ को अवसरमा राष्ट्रिय शिक्षा पुरस्कार स्वरूप प्रमाणपत्र प्रदान गरिने व्यक्तित्वहरू, विद्यालयतर्फ सामुदायिक विद्यालयका शिक्षक मध्येबाट ७७ जिल्लाका ७४ जना; निजी लगानीका शिक्षक, कर्मचारी र संस्थापक मध्येबाट ३२ जना; विव्यस पदाधिकारी विद्यालय कर्मचारी र बालविकास शिक्षक मध्येबाट ३५ जना प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत प्राविधिक शिक्षालयका प्रशिक्षक र कर्मचारी मध्येबाट पाँच जना विश्वविद्यालय अनुदान आयोगको सिफारिस बमोजिम विश्वविद्यालयतर्फका शिक्षक कर्मचारी मध्येबाट पच्चिस जना लाई सम्मान गर्ने कार्यक्रम तय भएको छ। कार्यक्रममा शैक्षिक स्मारिका २०८१ विमोचन हुनेछ भने विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने, साथै शैक्षिक गतिविधि झल्कने विविध सामग्रीको प्रदर्शनी समेत गरिने जनाइएको छ। यस वर्षको राष्ट्रिय शिक्षा दिवसमा शिक्षालाई ज्ञानमा आधारित, विज्ञानमैत्री, सिप विकासमा केन्द्रीत, उद्यमशीलता प्रवर्द्धन गर्ने र मौलिकतालाई जोगाउनेतर्फ उन्मुख गर्ने , शिक्षा प्रणालीले शिक्षालाई समयानुकूल बनाउने र २१औँ शताब्दीका चुनौतीहरूको सामना गर्न सक्षम नागरिक उत्पादन गर्ने लक्ष्य राखेको जनाइएको छ। ज्ञानमा आधारित शिक्षा भन्नाले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक ज्ञान प्रदान गर्नेमा जोड दिन्छ भने विज्ञानमैत्री शिक्षाले विज्ञान र प्रविधिलाई शिक्षण सिकाइमा एकीकृत गर्ने कार्य गर्दछ ।

    यसैगरी सीप विकासबाट विद्यार्थीहरूमा २१औँ शताब्दीका आवश्यक सीपहरू सृजनात्मक सोच, समस्या समाधान गर्ने क्षमता, टिम वर्क, र सूचना प्रविधिको प्रयोग गर्ने क्षमता विकास गर्ने लक्ष्य लिइएको र उद्यमशीलता प्रवर्द्धनले विद्यार्थीहरूमा उद्यमशीलताको भावना जगाउने र स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्य लिइएको छ । साथै मौलिकताको संरक्षणबाट नेपाली भाषासंस्कृति, कला र साहित्यको संरक्षण र प्रवर्द्धन गर्ने विश्वास लिई यो आदर्श वाक्य तय गरिएको छ । यसका लागि शिक्षामा सरकार¸ निजी क्षेत्र, गैरसरकारी संस्था, शिक्षक, विद्यार्थी, अभिभावक र समुदाय सबैको सक्रिय सहभागिता सो मन्त्रालयले आग्रह गरेको छ।सरकारको मात्र होइन, सबैसँगको सहकार्य र सबैको भूमिका महत्त्वपूर्ण छ। त्यस्तै प्रणालीगत सक्षमताले शिक्षा प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक पर्ने विभिन्न पक्षहरू जस्तै नीति तथा योजना निर्माण, कार्यान्वयन गर्ने, मूल्यांकन गर्ने र सुधार गर्ने क्षमताको विकास र शिक्षाका सबै तह र पक्षहरूलाई समेटेर एकीकृत रूपमा काम गर्ने क्षमता पनि पर्छ। मन्त्रालयले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.