• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

हाप्किडो सेमीनार पोखरामा सुरु


  •    अभियान हाम्रो डट कम / बुधबार, भदौ २६, २०८१  

  • पोखरा

    हाप्किडोका प्रशिक्षक, रेफ्रि तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ ‘दशौं राष्ट्रिय हाप्किडो सेमीनार’ पोखरामा सुरु भएको छ । दुई दिन सम्म सञ्चालन हुने सेमीनारको गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले उद्घाटन गरेका छन् ।

    सो अवसरमा बोल्दै मन्त्री थापाले दशौं राष्ट्रिय खेलकुद केही कारणले तोकिएको समयमा नहुने जस्तैे देखिएको बताएका छन् । उनले भने–“दशौं राष्ट्रिय खेलकुद मंसिरमा हुने भनिएको छ । केही कारणले समयमा नै सुरु होला जस्तो देखिन्न । केही पछि सर्ला जस्तो छ । तर पनि हामीले आफ्नो तयारी भने छोड्नु हुन्न ।”

    मन्त्री थापाले नेपाली हाप्किडोले छोटो समयमानै नेपाली खेलकुदमा महत्वपूर्ण रुपमा विकास गरेको प्रति प्रशंसा व्यक्त गर्दै दशौं राष्ट्रिय खेलकुदमा समावेश गर्न आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए ।

    गण्डकी प्रदेशको राजधानी पोखरालाई खेलकुद शहरको रुपमा अघि बढाउन प्रचुर सम्भावना रहेको मात्रै नभई सबैको ध्यान त्यसतर्फ खिच्न समेत सफल रहेको मन्त्री थापाले जनाउँदै पछिल्लो समय यहाँ हुने खेलकुद गतिविधिले समेत त्यसलाई पुष्टि गरेको उल्लेख गरे ।

    खेलकुदको माध्यमबाट भाइचारा सम्वन्ध स्थापित गर्न र राष्ट्रिय गौरव बढाउन समेत बढाउन भूमिका खेल्ने भएकोले गण्डकी प्रदेश सरकार सदैव खेलाडीहरुको हित र खेलकुद विकासका लागि प्रतिवद्ध रहेको मन्त्री थापाले जनाए ।

    कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य एवं खेलकुद पत्रकार केशव पाठक, कास्की जिल्ला हाप्किडो संघका अध्यक्ष रविन गुरुङलगायतले आफ्ना भनाई राखेका थिए ।

    नेपाल हाप्किडो संघका केन्द्रिय अध्यक्ष काली बहादुर घर्ती मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम लगायत हाप्किडो खेलको प्रदर्शन गरिएको थियो ।

    सो अवसरमा अध्यक्ष मगरले नेपाली हप्किडोले पछिल्लो समयमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आफ्नो छाप छोड्न सफल भएको जनाउँदै हाप्किडो खेलको विकास र विस्तारका लागि राज्यको भूमिका आवश्यक रहेको औंल्याए । उनले भने–“नेपाली हाप्किडो गाउँ–गाउँ, शहर–शहर र विद्यालय हुँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो प्रभाव छोड्न सफल छ । हामीले नेपाली खेलकुदको जगलाई बलियो बनाउन खेलेको भूमिका लागि राज्यको सम्वोधन आवश्यक छ ।

    दशौं राष्ट्रिय सेमीनारमा सातै प्रदेशबाट २ सय भन्दा बढिको सहभागिता रहेको अध्यक्ष मगरले जानकारी दिएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.