आज केपिओली को निर्वाचन क्षेत्र दमक झापामा एउटा अनौठो किसिमको घटना घट्यो। हालका प्रधानमन्त्री केपि सर्मा ओलि का भासण र गफ सुन्दा लाग्छ यो देस युरोपका कुनै एक देसको रुपमा बिकासको प्रतिस्पर्धामा छ।
घरघरमा ग्यास लाइन, चुच्चे रेल र समुन्द्र नै नभएको देसमा पानीजहाज कार्यलय रेल बिभाग खोलेर कार्यकर्ता भर्ती सम्म गरे।जगत एकचोटि राम्रै खित्का छोडेर नहासेको पनि होइन। त्यति मात्रैमा उनी रोकिएन ठुला ठुला भ्यु टावर निर्माण गर्ने र पर्यटन भित्राउने भनेर रास्ट्रको जनताको कर बालुवामा पानी घोप्टाए सरि घोप्टाए। आज ती सबै भुत बङ्गलामा परिणत भएका छन भनेर महिले लेखिरहनु पर्छ जस्तो लाग्दैन। बारम्बार प्रधानमन्त्री लाई रोस्टममा जनप्रतिनिधि ले सोधिरहेकै हुन्छन। उनी र उनका सल्लाहकार कस्ता योजनामा रास्ट्रको सम्पती खर्च गर्छन भन्ने कुरा सबै नेपाली अनबिग्य छन जस्तो लाग्दैन।
यी सबै कुरा किन उल्लेख गरिएको भन्ने कुरा आज खुलाउनै पर्छ। दमकमा खोलिएको भ्यु टावर करोडौं खर्च भएर साच्चिकै आज भुत बङ्गला बनेको छ। जनताको करको दुरुपयोग भएको छ तर त्यही दमकमा आज स्थानिय जनता राम्रो उपचार नपाएर सास्ती खेपिरहेका छन। केपि सर्मा ओलि कै गृहजिल्ला र निर्वाचन क्षेत्र दमक आम्दा अस्पतालमा आज एउटा अचम्मित दृस्य जुन अत्यन्तै लापरबाही पुर्ण घटना थियो।
केपिओलिको गृहनगर दमकको आम्दा अस्पताल जो सरकार द्वारा संचालित छ। केही छुट होला भनेर टाढा टाढा बाट र सोही झापा जिल्लाभर बाट त्याहा बिरामी हरु थुप्रने गर्छन। यहि सिलसिलामा कुनै एक पेसेन्ट केही महिना अघि बाट पित्तथैली को अप्रेसन गर्नको निमित्त महिनौं देखि धाउदा धाउदा बल्ल बल्ल उसलाइ साउनको महिनामा त्याहाको डाक्टरले तपाइको अप्रेसन भदौको २४ गते हुन्छ भनेर मिति तय गरिदिएछन।
पेसेन्ट आर्थिक अभावको कारण पेटको दुखाइ सहदै त कहिले पेनकिलर खादै एक महिना कुरेर भदौ २४ गते राती अस्पताल भर्ना भए। रातभरी को तनाब आर्थिक अभाव लाई पनि झेल्दै भोलि पल्टको अप्रेसन को तयारिमा रहेका थिए। भोलि पल्ट दस बज्यो नियमित डिउटिमा डाक्टर आए। उक्त पेसेन्ट बसेको बिरामिको वाडमा राउन्डमा डाक्टर आए। तपाइको अप्रेसन दुइजना पछि गरौं उहाहरु अल्लि बडिनै सिकिस्त हुनुहुन्छ।
डाक्टरले भनेपछि उक्त पेसेन्टले ठिकै छ उहाहरुको अप्रेसन गरिदिनु बरु म केहिबेर पछि गर्छु भनेर सिकिस्त दुई बिरामिलाइ पालो मिच्न मन्जुरी दिए ती पेसेन्टले।
१० बजे हुन्छ भनेको अप्रेसन दिउसो तीन बज्यो अझै पालो आएन। यता पेसेन्ट अघिल्लो दिनदेखी भोकै स्लाइनको भरमा आफ्नो पालो कुरिरहन बिबस थियो। यसरी धेरै बेर पनि पालो नआएपछी स्वभाबिक रुपमा सोधिखोजी त हुने नै भयो।
भोक लागिसक्यो मेरो पालो किन आएन अहिलेसम्म भनेर बुज्दा त्याहाको डाक्टरले मेसिन बिग्रेकाले तपाइको अप्रेसन दुइचार दिन हुदैन भन्ने जवाफ दिए। त्यसपछी केहिबेरमा अघिल्ला जसलाइ उक्त पेसेन्ट्ले पालो दिएको थियो उनिहरु बेहोस बनाएर अप्रेसन गर्न लाग्दा मेसिनले काम गरेन भनेर बेहोस अवस्था मै डाक्टरले बाहिर बेडमा निकाल्दा पो पेसेन्टले था पायो उक्त अस्पताल कति लापरबाही रहेछ। हाम्रा जनतालाई सेवा दिने सरकारी अस्पताल र तिनका डाक्टरको लापरबाही कुन हदसम्मको रहेछ। पेसेन्ट्ले धेरै प्रस्न हरु अहिलेका स्वास्थ मन्त्री लाई यहि मिडिया मार्फत राखेको छ। साथै देसका प्रधानमन्त्री लाई कमिसन आउने योजना भन्दा जनहित र बृहत जनसेवाका योजनामा लाग्न अनुरोध गरेको छन।
यदि त्यो अस्पतालमा प्राबिधिक कुराहरु चेक नगरी बिरामिलाइ बेहोस बनाउदा वा चिरफार गरिसकेपछी मात्रै समस्या पत्ता लागेको भए त्यो बिरामिको ज्यान जाने थियो कि थिएन ?
अस्पतालमा अप्रेसन ठिएटर अप्रेसन गर्नु अगाबै चेक नगर्नु र जब बिरामी बेहोस बनाइसकेपछी बिगि्रएको छ भनेर अप्रेसन थिएटर भित्रै ३/३ घन्टा बिरामी राखेर त्यसपस्चात बेहोसिमै बिरामी मेसिन बिग्रेको कारण अप्रेसन भएन भन्नू कत्तिको जायज हो ?
यश र यस्ता किसिमका लापरबाही बाट जनताको ज्यानको जोखिमको भरपाइ कस्ले गरिदिने ?
राज्यले स्वास्थलाई निसुल्क गरिनुपर्ने ठाउमा जनता यसरी सास्ती खेपिरहेका बेला पानीजहाज र रेलका कुरा उखान टुक्का नभएर के हो त प्रधानमन्त्री ज्यु ?
अप्रेसन थिएटर जस्तो संबेदनसिल सेक्टरमा एउटा गतिलो मेसिन या प्राविधि नभएर रास्ट्रमा कति बिरामी मर्नु परेको छ तर तपाइको भुतबङ्गले भ्युटावर को सदुपयोग खोइ प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु? यसलाइ प्रबिधियुक्त अस्पताल बनाउन मिल्दैन र प्रधानमन्त्री ज्यु ?








