• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आफ्नो प्रेमीले अर्का युवकको सहयोगमा सुन्दरीजल लगेर हत्या

"आफ्नो प्रेमीले अर्का युवकको सहयोगमा सुन्दरीजल लगेर हत्या  "

  •    अभियान हाम्रो डट कम/ आइतबार, भदौ २३, २०८१  

  • काठमाडौँ ।

    गोकर्णेश्वर नगरपालिका वडा नम्बर–१ स्थित सुन्दरीजलमा भदौ २० मा एक जना महिला मृत फेला परिन् । सिराहा घर भएर बसुन्धारा बस्दै आएकी करिब ३५ वर्षीया राम दुलारीलाई उनकै प्रेमीले अर्का युवकको सहयोग लिएर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

    हत्यामा संलग्न आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ घर भएका ४० वर्षीय विनय महरा र सर्लाहीकै बसगरिया गाउँपालिका–५ घर भएका २४ वर्षीय सन्तोष राम महारालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए ।

    राम विनय महरा बसुन्धारास्थित पुलमुनि जुत्ता सिलाउँछन् । राम दुलासीसँग उनी करिब २ वर्षदेखि प्रेम सम्बन्धमा थिए । पर पुरुषसँग पनि सम्बन्ध रहेको आशङ्कामा राम विनयले नै उनको हत्याको योजना बनाएको एसएसपी रजौरेले बताए । आफ्नो नाता पर्ने सन्तोष राम महरालाई साथमा लिएर राम विनयले प्रेमिकाको हत्या गरेका हुन् ।

    भदौ २० मा राम विनय र प्रेमिकासँगै बसेर मदिरा पिए । अनि, प्रेमिकालाई भने, ‘सुन्दरीजलतिर घुम्न जाऔँ ।’ आफ्नो भदा नाता पर्ने सन्तोषराम पनि सँगै थिए । उनीहरू ट्याक्सीमा सुन्दरीजल पुगे । सुन्दरीजल बसपार्कमा ट्याक्सीमा झरेर उकालो लागेपछि राम दुलारीलाई उनीहरूले धकेलेर खोलामा खसाले । अनि, डुङ्गाले हिर्काएर हत्या गरेको एसएसपी रजौरेले बताए । रजौरेले भने, ‘घाइते अवस्थामा राम दुलारीलाई दुवै जनाले पालैपालो टाउकोमा डुङ्गाले हिर्काएर हत्या गरेको देखिन्छ ।’

    राम दुलारी बसुन्धारा क्षेत्रमा मजदुरी गर्थिन् । आफ्नो प्रेमिका भएर अन्य पुरुषसँग ‘हिमचिम’ बढाएको आशङ्कामा राम विनयले उनलाई हत्या गर्ने योजना बनाएका हुन् । रातोपाटि  साभार

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    ताजा अपडेट
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.