३१ वर्षीया महिलालाई साउन १४ गते बलात्कार गरेको आरोपमा प्रहरीले सिगास गाउँपालिका–२ गाँजरी स्वास्थ्य चौकीका प्रमुख जनसिंह धामीलाई भदौ २० गते गिरफ्तार गरेको छ ।
पीडित महिलाले भदौ २० गते दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर बलराम पाण्डेले बताउनु भयो । बिभिन्न प्रलोभनमा पारी धाकधम्की दिएर पटकपटक बलात्कार गरेपछी आरोपिविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितको भनाइ छ ।
पीडितको स्वास्थ्य परीक्षण भदौ आज २० गते जिल्ला प्राथमिक स्वास्थ्य केन्द्र, पाटनमा गरिएको छ








